×

नवलपुर विशेष

आजदेखि चार दिन आरीघोप्टे वर्षाको सम्भावना, नवलपुर लगायत ५६ जिल्ला ‘रेड जोन’मा

आजदेखि चार दिन आरीघोप्टे वर्षाको सम्भावना, नवलपुर लगायत ५६ जिल्ला ‘रेड जोन’मा
    काठमाडौं- दसैँ नजिकिँदै गर्दा मनसुन थप सक्रिय बनेको छ । आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि आरीघोप्टे वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा ...

फेरिए नवलपुरका एसपी र डिएसपी

फेरिए नवलपुरका एसपी र डिएसपी
गैँडाकोट-जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी र डिएसपीको सरुवा भएको छ ।नवलपुरका प्रहरी उपरिक्षक (एसपी) नरहरी रेग्मीको सरुवा भएको छ । प्रहरी महानरिक्षकको सोमबारको निर्णयानूसार रेग्मीको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत एसपी रेग्मी काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा जाने भएका छन् । रेग्मीको सरुवा भएसँगै नवलपुरको प्रहरी प्रमुखको रुपमा यादव ढकाल आउने भएका छन् । एसपी ढकाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्...

गैँडाकोटमा भोलि (बुधबार) सार्वजनिक विदा

गैँडाकोटमा भोलि (बुधबार) सार्वजनिक विदा
गैँडाकोट - थारु महिलाहरुको पर्व जितियाका अवसरमा गैँडाकोट नगरपालिकामा सार्वजनिक विदा दिइएको छ । असौज ९ गते भोलि (बुधबार) परेको जितियाको अवसरमा नगरपालिकाभर सार्वजनिक विदा दिइएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार गएको चैत्र २० गते बसेको कार्यपालिकाको बैठकले जितियामा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गैँडाकोट लगायत नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ । थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाए...

काठमाडौंबाट भारत जाँदै गरेको बस नवलपुरमा दुर्घटना

काठमाडौंबाट भारत जाँदै गरेको बस नवलपुरमा दुर्घटना
नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन्। बसमा करिब ४५ जना यात्रु सवार...

दशै जुत्ता चप्पल मेला २०८१ – शनिबार एकैदिन २ हजार बढिले गरे अवलोकन

दशै जुत्ता चप्पल मेला २०८१ – शनिबार एकैदिन २ हजार बढिले गरे अवलोकन
  चितवन – भरतपुरमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेला २०८१ मा आम ग्राहकहरुको घुइचो लाग्न थालेको छ । मेला असोज ०५ गते शनिबार एकैदिन दुई हजार बढिले अवलोकन गरेका छन ।चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा असोज १ गतेदेखी चलिरहेको जुत्ता चप्पल मेलामा सस्तो मुल्यमा गुणस्तरीय स्वदेशी उत्पादन खरिद गर्न पाइने भएका कारण पनि दिन प्रतिदिन ग्राहकहरुको भिड बढ्दो क्रममा रहेको हो । प्रसस्त पार्किङ सुबिधा, वातानुकुलित एसि हल भएका कारण परिवारका सबै सदस्य सङ्गै आएर परिवारका लाग...

गैँडाकोटमा गैँडाको आक्रमण – एक पुरुष घाइते

गैँडाकोटमा गैँडाको आक्रमण – एक पुरुष घाइते
  गैँडाकोट- गैंडाकोटमा गैंडाको आक्रमणबाट एकजना पुरूष घाईते भएका छन्। गैंडाकोट नगरपालिका वडा नं. ६ का बर्ष ५५ का नेप्ते कुमाललाई गैंडाले साँझ ५:३५ बजेको समयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो। उनलाई वडा ६ मा रहेको नगरवनमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो। घाईते कुमाललाई प्रहरी टोलीले उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाएको छ।

नारायणगढमा मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु

नारायणगढमा मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु
चितवन- भरतपुर महानगरपालिका–२ लिलाचोक स्थित भित्री सडकमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गएराति १ः२० बजेको समयमा शहिदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भिर घाइते भएका चालक गैंडाकोट नगरपालिका–५ काङग्रेसचोक बस्ने वर्ष २६ को रबिन थापा र सोहि मोटरसाइकल पछाडि सवार लमजुङ दुधपोखरी गाउ...

मौलाकाली सामुदायिक वनमा भोटिङ नहुने, दलहरुविच पद बाँडफाँट

मौलाकाली सामुदायिक वनमा भोटिङ नहुने, दलहरुविच पद बाँडफाँट
गैँडाकोट - मौलाकाली सामूदायिक वन गैँडाकोटको नयाँ नेतृत्व चयन सहमतिका आधारमा गर्न राजनैतिक दलहरु सहमत भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, रास्वपा लगायतका दलहरु सामुदायिक वनको नेतृत्व सहमतिमै टुङ्ग्याउन राजी भएका हुन् । उज्यालोलाई प्राप्त सूचना अनुसार मौलाकाली सामूदायिक वनको अध्यक्ष, सहसचिव लेखा समिति संयोजक र ५ जना सदस्यहरु नेपाली काँग्रेसले पाउने सहमति भएको छ । उपाध्यक्ष, कोषाध्यक्ष, अनुगमन समिति संयोजक र ७ जना सदस्यहरु नेकपा एमालेको भागमा परेको...

संविधान दिवसको अवसरमा गैँडाकोटमा दीप प्रज्वलन

संविधान दिवसको अवसरमा गैँडाकोटमा दीप प्रज्वलन
गैँडाकोट- संविधान दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिकामा दीप प्रज्वलन गरिएको छ । संविधान जारी भएको दिनको सम्झनामा खुसीयाली स्वरुप दीप प्रज्वलन गरिएको हो । गैँडाकोट नगरपालिका, गैडाकोट जेसीज, लायन्स तथा लियो क्लवको संयुक्त आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैँडाकोट जेसीजका अध्यक्ष राजेश पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका सूचना अधिकारी ...