गैँडाकोट-जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी र डिएसपीको सरुवा भएको छ ।नवलपुरका प्रहरी उपरिक्षक (एसपी) नरहरी रेग्मीको सरुवा भएको छ । प्रहरी महानरिक्षकको सोमबारको निर्णयानूसार रेग्मीको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत एसपी रेग्मी काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा जाने भएका छन् ।
रेग्मीको सरुवा भएसँगै नवलपुरको प्रहरी प्रमुखको रुपमा यादव ढकाल आउने भएका छन् । एसपी ढकाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।
त्यसैगरी डिएसपी बेद बहादुर पौडेल पनि सरुवा भएका छन् । उनको नेपाल प्रहरी अनुसन्धान कार्यालय महाराजगञ्जमा सरुवा भएको हो । पौडेलको स्थानमा नयाँ डिएसपीको रुपमा जेसी शाह आउने भएका छन् । शाह इलाका प्रहरी कार्यालय स्याङ्जा चापाकोटमा थिए ।



उज्यालो खबर




