×

गैँडाकोट – मौलाकाली सामूदायिक वन गैँडाकोटको नयाँ नेतृत्व चयन सहमतिका आधारमा गर्न राजनैतिक दलहरु सहमत भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, रास्वपा लगायतका दलहरु सामुदायिक वनको नेतृत्व सहमतिमै टुङ्ग्याउन राजी भएका हुन् ।

उज्यालोलाई प्राप्त सूचना अनुसार मौलाकाली सामूदायिक वनको अध्यक्ष, सहसचिव लेखा समिति संयोजक र ५ जना सदस्यहरु नेपाली काँग्रेसले पाउने सहमति भएको छ । उपाध्यक्ष, कोषाध्यक्ष, अनुगमन समिति संयोजक र ७ जना सदस्यहरु नेकपा एमालेको भागमा परेको छ भने नेकपा माओबादी केन्द्रले सचिव र एकजना सदस्य पाउने दलहरु विच सहमति भएको छ । त्यसैगरी रास्वपाले सहकोषाध्यक्ष सहित २ जना सदस्य पाउने छ भने जनमोर्चा, राप्रपा र जसपाले क्रमश एकएक जना सदस्यमा चित्त बुझाउने छन् ।

२१ सदस्यीय कार्यसमिति, ३ सदस्यीय लेखा समिति र ५ सदस्यीय अनुगमन समितिका लागि असोज १२ गते निर्वाचन गर्ने कार्यतालिका थियो । दलहरुविच विहिबार भएको सहमतिले चुनावको सम्भावना टरेको छ । केहि पदहरुमा प्राविधिक कारणले आवश्यक भन्दा बढी उमेदवारी परेपछि शुक्रबारसम्म फिर्ताको समय राखिएको छ ।

 

तपाईको प्रतिक्रिया