×

 

गैँडाकोट- गैंडाकोटमा गैंडाको आक्रमणबाट एकजना पुरूष घाईते भएका छन्। गैंडाकोट नगरपालिका वडा नं. ६ का बर्ष ५५ का नेप्ते कुमाललाई गैंडाले साँझ ५:३५ बजेको समयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो।

उनलाई वडा ६ मा रहेको नगरवनमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो। घाईते कुमाललाई प्रहरी टोलीले उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाएको छ।

तपाईको प्रतिक्रिया