×

नवलपुर विशेष

करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)

करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)
    काठमाडौं । सरकारले करिब एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो । केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरुवा भएको छ । उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्र...

गैँडाकोटका उत्कृष्ट प्राचार्यहरु – निर्मल पाण्डे र नवराज काफ्ले

गैँडाकोटका उत्कृष्ट प्राचार्यहरु – निर्मल पाण्डे र नवराज काफ्ले
गैँडाकोट- राष्ट्रिय शिक्षा दिवश २०८१ को अवसरमा नवलपुरको गैँडाकोट नगरपालिकाले उत्कृष्ट विद्यालय, उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । सामुदायिक विद्यालय तर्फ उत्कृष्ट प्रधानाध्यापकका रुपमा रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालय गैँडाकोट १० का प्रधानाध्यापक नवराज काफ्ले सम्मानित हुनुभएको छ । संस्थागत विद्यालय तर्फ स्मल हार्ट एकेडेमी गैँडाकोट ४ का निर्मल पाण्डे सम्मानित हुनुभएको छ । प्रधानाध्यापकले पढाउने पिरियड, विद्यार्थीको औसत सिकाइ उपलब्धी, शै...

उपसचिव र अधिकृतसहित तीन सय बढी कर्मचारीको सरुवा, सूची गुपचुप

उपसचिव र अधिकृतसहित तीन सय बढी कर्मचारीको सरुवा, सूची गुपचुप
  काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ अन्तिम दिन राति अबेरसम्म बसेर उपसचिव र अधिकृत गरी तीन सय बढी कर्मचारीको सरुवा गरेको खुलासा भएको छ । नियमित प्रक्रियाका रूपमा लिइने सरुवालाई रातारात निर्णय गर्नु र प्रमाणित भई सकेको सूचीसमेत सार्वजनिक नगर्नुले ठुलै चलखेल रहेको आशंका कर्मचारीले गरेका छन् । पछिल्लो समय सरुवा अपारदर्शी मात्रै होइन, मोलमोलाइमा हुने गरेको कर्मचारीको गुनासोलाई सामान्यको पछिल्लो सरुवाले पुष्टि गरेको छ । मन्त्रालयले तीन सयको हारा...

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता
  गैंडाकोट-  नारायणी नदी किनारमा आज एक जना युवा हाम फाली वेपत्ता भएका छन् । गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको पुलबाट नदीमा हाम वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नामथर, वतन नखुलेको अन्दाजी २५/३० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति हाम फालेको भनि स्थानिय मार्फत प्रहरीलाई जानकारी आउना साथ उनको खोजी भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थलबाट सि.सि टि.भि फुटेज चेक गर्दा गैंडाकोटबाट चितवनतर्फ जाँदै गरेको सेतो टिसट, निलो जिन्स पाईन्ट लगाए...

गैँडाकोटको थुम्सीमा विश्वकर्मा मन्दिरको शिलान्यास

गैँडाकोटको थुम्सीमा विश्वकर्मा मन्दिरको शिलान्यास
गैँडाकोट -पूर्वी नवलपरासीको गैँडाकोटमा विश्वकर्मा मन्दिरको शिलान्यास गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सीमा आज एक कार्यक्रमका विच मन्दिरको शिलान्यास गरिएको हो ।गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी र विश्वकर्मा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर गुरुङले आज संयुक्त रुपमा मन्दिरको शिलान्यास गर्नुभएको हो । राजमार्ग सँगै रहेको पुरानो मन्दिर सडक विस्तारका क्रममा हटाईएपछि सोहि स्थान नजिकै अर्को नयाँ मन्दिर निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका सच...

गँड्यौला मल प्रविधिबारे गैंडाकोट स्कुलमा प्रयोगात्मक अभिमुखीकरण

गँड्यौला मल प्रविधिबारे गैंडाकोट स्कुलमा प्रयोगात्मक अभिमुखीकरण
गैंडाकोट- गैँडाकोट नगरपालिका वडा नम्बर ८ र ४ अन्तर्गत टोल संजालका अगुवा सदस्यहरुलाई भर्मी कम्पोष्ट (गँड्यौला मल) प्रविधिको व्यवहारिक प्रयोगात्मक ज्ञानको अभ्यास सहितको अभिमुखीकरण कार्यक्रम गरिएको छ । गैँडाकोट इङ्ग्लिस स्कुलको आयोजनामा विद्यालयको सभाहलमा ९० जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गरिएको हो । ‘विद्यालय र समुदायको संयुक्त आह्वान स् दिगो विकास लक्ष्य प्राप्तीमा योगदान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयका प्रिन्सिपल हीरालाल अर्या...

नारायणी सामूदायिक वन गैँडाकोटको अध्यक्षमा नेत्रराज सापकोटा बिजयी (सूचि सहित)

नारायणी सामूदायिक वन गैँडाकोटको अध्यक्षमा नेत्रराज सापकोटा बिजयी (सूचि सहित)
गैँडाकोट – नारायणी सामूदायिक वन उपभोत्ता समूह गैँडाकोट ६,७ र ९ को अध्यक्षमा नेत्रराज सापकोटा बिजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानको आज विहान सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा अनुसार सापकोटा अध्यक्ष पदमा बिजयी भएका हुन् । सापकोटाले अध्यक्ष पदमा अर्का उमेदवार उमाकुमारी पाण्डेलाई पराजित गरे । कुल खसेको ८५९ मतमध्ये सापकोटाले ४५० र पाण्डेले ३१८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।उपाध्यक्षमा धनपती सापकोटा बिजयी भएका छन्। धनपतीले उपाध्यक्षका प्रत्य...

गैँडाकोटको गण्डकी सहकारीको कुल पूँजी २ अर्ब १० करोड नाघ्यो

गैँडाकोटको गण्डकी सहकारीको कुल पूँजी २ अर्ब १० करोड नाघ्यो
  गैँडाकोट- गैँडाकोटमा रहेको गण्डकी बचत तथा ऋण सहकारी लिमिटेडको कुल सम्पति २ अर्ब १० करोड नाघेको छ । गैंडाकोटमा  शनिवार भएको संस्थाको ३३ औँ वार्षिक साधरणसभामा आर्थिक आयव्यय सार्वजनिक गर्दै कोषाध्यक्ष शान्ति सापकोटाले संस्थाको कूल सम्पति २ अर्ब १० करोड ५८ लाख ९८ हजार ६२७ रुपैयाँ पुगेको जानकारी दिनुभयो । २०५० सालमा ५० रुपैयाँ बचतबाट सुरु भएको सहकारीको सेयर पूँजी नै १९ करोड ८९ लाख ६९ हजार पुगेको छ । अहिले कुल बचत १ अर्ब ५० करोड ६५ लाख ५४ हजार रहेको सापकोटाले जानकारी द...

नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन भोलिदेखि गैंडाकोटमा, तयारी पूरा

नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन भोलिदेखि गैंडाकोटमा, तयारी पूरा
  गैंडाकोट–नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन भोलिदेखि नवलपुरको गैंडाकोटमा हुने भएको छ ।सम्मेलनको आतिथ्यता गरिरहेको गैंडाकोट जेसीजले आज पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा कुल एक हजार भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नारायणी नदी किनारस्थित नारायणी रिसोर्टमा सम्मेलन दुईदिन सम्म चल्नेछ । यस सम्मेलनले गैंडाकोटको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने सम्मेलन निर्देशक गोकुल सापकोटाले बताए । उनले सहभागिहरुलाई मौलाकालिक...