×

गैँडाकोट- संविधान दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिकामा दीप प्रज्वलन गरिएको छ । संविधान जारी भएको दिनको सम्झनामा खुसीयाली स्वरुप दीप प्रज्वलन गरिएको हो ।

गैँडाकोट नगरपालिका, गैडाकोट जेसीज, लायन्स तथा लियो क्लवको संयुक्त आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैँडाकोट जेसीजका अध्यक्ष राजेश पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्मा, लेखा अधिकृत मदन गौतम लगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया