×

नवलपुर विशेष

वर्षातले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पुनः अवरुद्ध

वर्षातले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पुनः अवरुद्ध
नवलपुर — नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, दुम्किबास क्षेत्रको विनयी खोलामा अस्थायी डाइभर्सन बगाएपछि सवारी आवागमनका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग हुँदै आएको विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पनि पानीको बहाव तीव्र बनेपछि यातायात अवरुद्ध भएको हो। खरङ्गे खोलामा पानीको बहाव अत्यधिक भएपछि उक्त स्थानबाट सव...

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैँडाकोट - गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको पुनः पुष्टि गरेको छ। विद्यालयका अनुसार उदय तिवारीले ३.९१ जीपीए ल्याएर विद्यालयमा सर्वाेच्च स्थान हासिल गरेका छन्। यस्तै, पियुस लम्साल (३.८७), एञ्जल भूसाल (३.७७), समिक्षा अधिकारी (३.७८), हिलसन पौडेल (३.७४) र सुवास अर्याल (३.७०) ले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। एसईई नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ए प्लस, १२ जनाले ए, १६ जनाले बी प्लस र...

एसईईमा अक्सफोर्ड स्कुलकाे नतिजा: उत्कृष्ट श्रेणीमा ५ जना

एसईईमा अक्सफोर्ड स्कुलकाे नतिजा: उत्कृष्ट श्रेणीमा ५ जना
गैंडाकोटस्थित अक्सफोर्ड सेकन्डरी स्कुलका विद्यार्थीहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेका छन्। विद्यालयले सार्वजनिक गरेको नतिजा विवरण अनुसार अधिकांश विद्यार्थीहरू उच्च श्रेणीमा उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार कुल २३ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए। जसमध्ये ५ जना विद्यार्थीले ३.६ जीपीए वा सोभन्दा माथि (A+), अर्थात् उत्कृष्ट श्रेणीमा सफलता प्राप्त गरेका छन्। त्यसैगरी, ५ जनाले ३.२ देखि ३.६ जीपीए (A) ल्याएका छन्, जुन पनि उत्...

धान रोपेर मनाइने असार १५ : गैंडाकोटमा मेशिनबाट रोपाइँको नयाँ शुरुआत

धान रोपेर मनाइने असार १५ : गैंडाकोटमा मेशिनबाट रोपाइँको नयाँ शुरुआत
गैडाकोट –"धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता" भन्ने नाराका साथ गैंडाकोट नगरपालिकामा भव्य रूपमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदैछ।नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा असार १५ गते बिहान ८:०० बजे, गैँडाकोट–११ स्थित देविथान मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो। कार्यक्रमको मुख्य आकर्षण गण्डकी प्रदेशमै पहिलोपटक मेशिनको प्रयोगबाट गरिने धान रोपाइँ हुनेछ। साथै, पञ्चेबाजा, डोरी तान्ने, हिले दौड लगायतका परम्परागत खेलकुद र दही–चिउरा खाजाको व...

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्न...

बजेटबारे जनताको चासोप्रति गम्भीर छु : मेयर भिमलाल अधिकारी

बजेटबारे जनताको चासोप्रति गम्भीर छु : मेयर भिमलाल अधिकारी
गैँडाकोट- मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटप्रति विभिन्न पक्षबाट आएका प्रतिक्रिया र सुझावप्रति सम्मान व्यक्त गरेका छन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै मेयर अधिकारीले सानो बजेट भए पनि सरोकारवालाको अपेक्षा ठूलो रहेको स्वीकार्दै प्राप्त प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको जनाएका छन्। “अरुको अयोग्यताबाट प्रभावित हुनु आफ्नै अयोग्यता हो भन्ने कुरा मैले राम्रोसँग बुझेको छु,” मेयर अधिकारीले लेखेका छ...

गैँडाकोटसहित नवलपुरमा बिना दर्ता सय बढी कन्सलटेन्सी, प्रशासनको निगरानी कडाइ

गैँडाकोटसहित नवलपुरमा बिना दर्ता सय बढी कन्सलटेन्सी, प्रशासनको निगरानी कडाइ
गैडाकोट–नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रका अधिकांश शैक्षिक परामर्शदाता संस्था (कन्सलटेन्सी) दर्ता विना सञ्चालनमा रहेको खुलेको छ। जिल्ला सदरमुकाम कावासोती, मध्यविन्दु, देवचुली र गैडाकोट क्षेत्रमा सयभन्दा बढी कन्सलटेन्सी सञ्चालनमा छन्। तर तीमध्ये धेरैजसोले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी व्यवसाय गरिरहेको पाइएको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेका छन्। मन्त्रालयले दर्ताका लागि सूचना जारी गरिसकेको छ भने प्रशासन कार्यालय...

गभर्नर पौडेलसँग करिब २३ करोड सम्पत्ति, गैंडाकोटमा ६० लाखको घर

गभर्नर पौडेलसँग करिब २३ करोड सम्पत्ति, गैंडाकोटमा ६० लाखको  घर
काठमाडौं - गभर्नर डा. विश्वनाथ पौडेलसँग करिब २३ करोड सम्पत्ति रहेको छ।गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार केही दिनअघि उनले यस्तो सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका हुन्। उनीसँग दुई स्थानमा घरजग्गा रहेको छ। दुवै स्थानको जग्गा श्रीमती प्रतिभाको नाममा छ। ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ।पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गाको किनेको उल्लेख गरेका छन्। नवलप...

नवलपुर डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

नवलपुर डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु
डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको कावासोतीस्थित नर्सरीमा निःशुल्क वितरण सुरु गरेको हो ।डिभिजन वन कार्यालय नवलपुरले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी वन अधिकृत शिशिर लम्सालले जानकारी दिनुभयो । “जिल्ला वन पैदावार आपूर्ति समिति, गण्डकी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत, जडीबुटी विकास कार्यक्रम र बहुवर्षीय बिरुवा उत्पादन गरी चार...