×

नवलपुर विशेष

गैडाकोटको कालिका नुमना माविमा स्मार्ट एटेन्डेन्स प्रणाली लागू

गैडाकोटको कालिका नुमना माविमा स्मार्ट एटेन्डेन्स प्रणाली लागू
गैडाकोट -  गैडाकोट नगरपालिका–८ मा अवस्थित कालिका नुमना माध्यमिक विद्यालयले प्रविधिमैत्री शिक्षण प्रणालीतर्फ महत्वपूर्ण कदम चालेको छ। यस शैक्षिक सत्रदेखि विद्यालयले ‘स्मार्ट एटेन्डेन्स प्रणाली’ लागू गरेको छ, जसले विद्यार्थीको नियमितता र विद्यालय अनुशासनमा क्रान्तिकारी सुधार ल्याएको छ। स्मार्ट प्रणाली अन्तर्गत विद्यार्थीहरूलाई RFID (Radio Frequency Identification) प्रविधियुक्त परिचयपत्र प्रदान गरिएको छ। विद्यालयको गेटमा जडान गरिएको स्क्यानर डिभाइसले विद्यार्थी प्रवेश वा बाहिरि...

भरतपुरमा चोरी गर्ने दुई किशोर नियन्त्रणमा, तामा र चरेसका कलससहित पक्राउ

भरतपुरमा चोरी गर्ने दुई किशोर नियन्त्रणमा, तामा र चरेसका कलससहित पक्राउ
चितवन — भरतपुर महानगरपालिका–१५ मंगलपुरमा चोरी गर्दै गरेको अवस्थामा दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।२२ गते राति करिब २:३० बजे चोरी भइरहेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलबारीबाट प्रहरी निरीक्षक लालबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले ती दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भरतपुर–१७ गोब्रेनी बस्ने १७ वर्षीय अर्जुन बिक र सोही ठाउँका १४ वर्षीय विनोद परियार रहेका छन्।उनीहरुको साथबाट प्रहरीले तामाका कलस १० थान, चरेस राख्ने कलस २ थान, साइकल १ ...

एसइइ २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरूलाई सरस्वती निकेतनद्वारा सम्मान

एसइइ २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरूलाई सरस्वती निकेतनद्वारा सम्मान
गैँडाकोट — नवलपुरको गैँडाकोट–१, जौजुवामा अवस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयद्वारा SEE २०८१ मा उल्लेखनीय सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिन आयोजित सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समिति अध्यक्ष  मोति चन्द्र चालिसे रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा शिक्षक अभिभावक संघका अध्यक्ष  कमलापति शर्मा उपस्थित हुनुहुन्थ्यो। उक्त कार्यक्रममा संस्थाका संस्थापक प्राचार्य श्री भरत बाबु कंडेल, +2 संयोजक  घ...

रास्वपाद्धारा गैँडाकोटको भृकुटीचोकमा हस्ताक्षर कार्यक्रम सम्पन्न, ५०० जनाको सहभागिता

रास्वपाद्धारा गैँडाकोटको भृकुटीचोकमा हस्ताक्षर कार्यक्रम सम्पन्न, ५०० जनाको सहभागिता
गैँडाकोट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट वडा नम्बर २ ले सभापति रवि लामिछानेमाथि भइरहेको राजनैतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ । भृकुटीचोकमा आयोजना गरिएको सो कार्यक्रम आज सम्पन्न भएको हो। कार्यक्रम वडा सभापति शिव लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला सभापति नरिश्वर लामिछाने प्रमुख अतिथि र नगर सभापति विमल घिमिरे विशेष अतिथि रहनु भएको थियो। कार्यक्रममा ५०० जनाले सहभागिता जनाउँदै हस्ताक्षर गरेका छन्। कार्यक्रममा बोल्दै जिल्ला सभ...

विद्युत समस्याको स्थायी समाधान खोज्दै गैँडाकोट–३ का वडाध्यक्ष तिवारी काठमाडौंमा

विद्युत समस्याको स्थायी समाधान खोज्दै गैँडाकोट–३ का वडाध्यक्ष तिवारी काठमाडौंमा
गैँडाकोट —गैँडाकोट नगरपालिका–३ मा सामान्य हावा वा सिमसिमे पानी परे मात्र पनि विद्युत लाइन ढोडिने र बारम्बार लाइन जाने समस्या भइरहेकाे छ। विद्युत लाइन बनजङ्गल भएर गएको र नजिकै रुखबिरुवा रहेकाले हावाले हाँगाहरू तारमा छुने र लाइन अवरुद्ध हुने समस्या भएको हो। यो समस्या लामो समयदेखि भइरहे पनि समाधान नभएपछि वडा नं. ३ का अध्यक्ष तथा गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले यसबारे नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौंमा पुगेर औपचारिक रूपमा निवेदन दर्ता गर्नुभ...

पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा

पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ ।पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए । योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो । डा...

गाउँका विद्यालय किन पछि परे ? यथार्थ, चुनौती र समाधान

गाउँका विद्यालय किन पछि परे ? यथार्थ, चुनौती र समाधान
-देउराम सारु नेपालको शिक्षा प्रणालीले निकै लामो इतिहास पार गरिसक्दा पनि अझै सम्म पनि आवधिक लिखित परीक्षालाई नै मूल आधार मानेर परीक्षाको नतिजा मार्फत मूल्याङ्ंकन गर्ने परिपाटी कायमै रहेको छ । समयको विकास क्रमसंगसंगै विद्यालय, क्याम्पस तथा विश्वविद्यालय तहको पाठ्यक्रम समय अनुकुल परिवर्तन हुँदै आइरहेको विद्यमान परिपेक्षमा मूल्याङ्कन प्रणालीलाई सैद्धान्तिक परीक्षामा मात्र सिमित नगरी प्रयोगात्मक परीक्षालाई पनि समेट्ने प्रयास गरेतापनि पाठ्यक्रमले निर्देश गरे अनुसारको प्रयोगात्मक...

भोलिदेखि विनयी खोलाको नयाँ पुल सञ्चालनमा, जोखिमपूर्ण यात्रा अन्त्य हुँदै

भोलिदेखि विनयी खोलाको नयाँ पुल सञ्चालनमा, जोखिमपूर्ण यात्रा अन्त्य हुँदै
नवलपुर — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भोलिदेखि सञ्चालनमा आउने भएको छ । नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार कालोपत्रे लगायतका सबै काम सम्पन्न भएसँगै अब असार १९ गते (भोलि) बिहान ११ बजेदेखि पुलमार्ग हुँदै सवारी साधन सञ्चालन गरिनेछ । पाँच दशक पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि यहाँ अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण ढंगले सवारी चलाइँदै आएको थियो । खोलामा पानीको बहाव बढेपछि डाइभर...

एसईई २०८१ सफल विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

एसईई २०८१ सफल विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला
गैँडाकोट- गैँडाकोट–२ मा अवस्थित गैँडाकोट नमूना माध्यमिक विद्यालयले एसईई २०८१ मा सफलता हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई एक विशेष सम्मान समारोहमार्फत बधाई दिएको छ। साथै विद्यालयले विद्यार्थी अभिभावक र शिक्षकबीच अन्तरक्रिया गर्दै शिक्षा क्षेत्रमा आफ्नो योगदान र भावी योजनाबारे जानकारी दिएको छ। सोमबार बिहान विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य गोपेन्द्र केसरी न्यौपानेले सफल विद्यार्थीहरूलाई अबिर र खादा लगाएर सम्मान गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आगामी शैक...