अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु
काठमाडौं -अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।
लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । अर्को एक अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई ने...


