अक्सफोर्डका संजितले पोखरा विश्वविद्यालय टप गरे, एमएसइ स्ट्रक्चरलमा ३.९३ जीपीए
नवलपुर — पोखरा विश्वविद्यालयअन्तर्गत सञ्चालित एमएसइ इन स्ट्रक्चरल इन्जिनियरिङ कार्यक्रमको पहिलो सेमेस्टरमा अक्सफोर्ड कलेजका विद्यार्थी संजित पौडेलले पोखरा विश्वविद्यालय टप गर्नुभएको छ। उहाँले ३.९३ जीपीए हासिल गर्नुभएको हो।
गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रम अन्तर्गत सञ्चालित पहिलो शैक्षिक सत्रको परीक्षा गत चैत्रमा सम्पन्न भएको थियो भने परीक्षाफल हालै सार्वजनिक गरिएको हो। अक्सफोर्ड कलेजबाट एमएसइ इन स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी संजित पौडेल विश्वविद्यालयमा नै ...


