हुप्सेकोट गाउँपालिका कोरोना मुक्त
गैडाकोट ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अहिले कोरोना सङ्क्रमण मुक्त भएको छ । आज बिहान हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पुरुष डिस्चार्ज भएसँगै पालिकाभित्र अहिले सक्रिय संक्रमित शून्य भएको हो । उनी प्राकृतिक चिकित्सालय रजहर बाट निको भई घर फर्किएका हुन् । निको भएका पुरुषको गत भाद्र ३ गते नतिजा पोजिटिभ आएको थियो ।
तत्पश्चात कन्ट्रयाक्ट ट्रेसिङ का आधारमा सङ्कलन गरिएका सबै स्वावको नतिजा नेगेटिभ आएको थियो । उनी ४२ बर्षीय पुरुष स्थानीय व्यापारी ह...


