×

प्रिय जीवनसंगिनी …..मुटुभरिकाे माया अनि गहिराे सम्झना । छाेरा छाेरी दुवैमा शुभ आशिर्वाद !
आज म घर छाेडेकाे पनि १३ दिन भईसकेछ । यतिका धेरै दिन हाम्राे विवहापछि अहिलेसम्म छाेडेकाे थिईनँ । पत्र नलेखेकाे पनि करिब १२ बर्ष भएछ । लेख्नु पर्ने आवश्यकता पनि कहिल्यै परेन संगै भएपछि । अहिले पनि दिनकाे ४/५ पटकसम्म अडियाे र भिडियाेमा कुरा त भईरहन्छ तर पनि आज किन हाे पत्र लेख्न मन लाग्याे । आईसाेलेसनकाे बसाईकाे सबै दिनकाे मैले दैनिकीकाे रूपमा लेखेकाे छु । सकिएछ भने त्यसलाई पुस्तककाे रूप दिने साेच छ । आज त्यही दैनिकी लेख्ने समयमा याे पत्र लेख्दै छु । काेभिड १९ ( काेराेना)काे संक्रमणका कारण म अहिले आईसाेलेसनमा बसिरहेकाे भए पनि मलाई कुनै विरामी परेकाे आभास भएकाे छैन केवल क्षितिजपारीकाे देशमा बसिरहेकाे आभास हुन्छ । त्यैपनि यस ठाउँकाे वातावरण र यहाँ आईसकेपछि पाईने माया, ममता र सम्मानले सबै कुरा बिर्सिएकाे छु ।
नवलपुर जिल्लाकाे काेभिड १९ अस्थायी अस्पताल तथा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरकाे याे आईसाेलेसन देशकै उत्कृष्ट र नमुना बनिरहेकाे छ । यहाँकाे याेगाभ्यास, ध्यान, खेल र मनाेरञ्जनात्मक क्रियाकलापले हामीमा भएकाे काेराेना भगाईसकेकाे छ । हामी यहाँ ठूलाे परिवार सहित रमाईलाेमा छाैं । हाम्राे केही चिन्ता लिनु पर्दैन । हामी स्वस्थ र खुशी छाैं । बरू तिमी त्यहाँ एक्लै छाै, केटाकेटी सानै छन् । काेठाबाहिर निस्कन पाएकी छैनाैं । सानी छाेरी बल्ल हिड्ने प्रयासमा थिई । बाेलीले डुल्न जाउँ भन्न नसके पनि उसकाे हाउभाउले डुल्न जाउँ भनिरहेकाे हुन्थ्याे । आफैं उभिएर एक/दुई पाईला चाल्न सुरू मात्र गरेकी थिई । यतिकै भित्र बसिरहँदा कति दुख दिई हाेला ? छाेराे भर्खर साईकल चलाउन जानेर दाैडाउँदै थियाे । एकछिन घर नबसी साईकल लिएर डुलिरहन्थ्याे । त्याे ठाउँ शिल भएपछि त आठ दिनसम्म त गल्लीमा फुटबल खेल्ने साथी त म थिएँ । अहिले खेल्न नपाउँदा उसका गाेडा पनि कति कुज्जियाे हाेला । चकचक गरिरहने, चञ्चले उमेरकाे छाेराले पनि पक्कै दुख दिईरह्याे हाेला । मैले ती सबै दुखकाे अनुभूति गरिरहेकाे छु ।
म आईसाेलेसनमा भईरहँदा मेराे कत्ति पिर छैन तर तिम्राे र छाेराछाेरीकाे पिर लागिरहन्छ । नअात्तिअ । धैर्य हाेऊ । तिमीहरू सबैकाे काेराेना परिक्षणमा नेगेटिभ नतिजा आएपछि म अलि ढुक्क भएकाे छु । अझै पनि घरमा रहँदा ताताेपानी, बेसारपानी, महपानी, कागतीपानीकाे प्रयाेग गर । साबुन पानीले पटक पटक हात धुन केटाकेटीलाई पनि सिकाऊ । बाहिर निस्कनै परे माक्स, पञ्जा र सेनिटाईजरकाे प्रयाेग गर । हामी यहाँ दिनहूँ उठ्ने बित्तिकै नुनपानीले कुल्ला गर्ने, जलनेति गर्ने, तुलसीकाे बाफ लिने गर्छाै । तिमीले पनि त्यहाँ त्यसै गर्ने गर । छाेरालाई सिकाऊ । बिहान जानेकाे र सकेकाे याेग गर । अरू केही चिन्ता लिनु पर्दैन । घर भाडा कसरी तिर्ने, साहूकाे ऋणकाे व्याज कसरी तिर्ने भन्ने चिन्ता हाेला । त्यसकाे कत्ति पनि चिन्ता नगर म व्यवस्थापन गर्छु । स्वास्थ्यकाे ख्याल गर । स्वास्थ्य रहे सम्पत्ति त पछि पनि कमाउन सकिएला ।
म, दाइ, भाउजू लगायत त्यस टाेलका छिमेकीहरू जाे अहिले हामीसंगै छाैं उहाँहरू सबेै आराम हुनुहुन्छ । समाचारमा सुने हाैला काेराेनाका कारण दिनहूँ यति मान्छेकाे मृत्यु भनेर तर हामी यस आईसाेलेसनमा रहेका सबै आरामै छाैं । यहाँबाट ३०० जना भन्दा बढि काेराेना जितेर जानू भएकाे छ । अहिलेसम्म काेही पनि काेराेनासंग हार्नु भएकाे छैन । नवलपुर जिल्लामै काेही पनि हार्नू भएकाे थिएन तर दुखद् भन्नू पर्छ अस्ति मात्रै १ जनाले काेराेनासंग हार्नु भयाे त्याे पनि अन्य राेगसंग लड्दालड्दै भरतपुरकाे अस्पतालमै उहाँकाे हार भएकाे थियाे । उहाँका परिवार हामीसंगै हुनुहुन्छ र पनि कत्ति बिचलित हुनुहुन्न । आज अर्का एक जना हाम्राे याे ठूलाे परिवारका सदस्यले आफ्नाे अभिभावक गुमाउनु भयाे त्याे पनि अस्पतालमा अन्य राेगकै कारणले गर्दा हाे । उहाँहरू पनि धैर्यका साथ यही रहनु भएकाे छ । मुटुकाे अप्रेशन भएकाे आमालाई लिएर उहाँकाे छाेरी पनि हामी संक्रमितकै बिचमा ढुक्कले बस्नु भएकाे छ । तसर्थ तिमीले हाम्राे कत्ति पनि चिन्ता लिनु पर्दैन । हाम्राे आज तेस्राे पटक स्वाव संकलन गरिएकाे छ । पक्कै पनि हाम्राे नतिजा नेगेटिभ आउनेछ र हामी छिट्टै घर फर्किनेछाैं ।
हामी यहाँ आएदेखि नै यस आईसाेेलेसन केन्द्रका तथा सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनाेद पाैडेल, व्यवस्थापक हरि सापकाेटा, सञ्चालक समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीले पटक पटक हामीलाई उत्प्रेरित गरिरहनु भएकाे छ । हाम्राे स्वास्थ्यकाे सम्बन्धमा साेधपुछ गरिरहनु हुन्छ । बसाई र खानाकाे चिन्ता पनि गर्याै हाेला । हाम्राे बसाई आनन्दित छ । खाना पनि सफा र मिठाे छ । बरू तिमीले त्यहाँ के खायाैं भन्ने चिन्ता छ । यतिका दिनसम्म बाहिर ननिस्किकन कसरी व्यवस्थापन गर्याै हाेला । खानेकुरा वा तरकारी केही सकिए छिमेकीलाई फाेन गरेर मगाउनु । सानी छाेरीलाई दूध चाहिन्छ त्याे पनि नियमित मगाईरहनु । छाेराकाे अनलाईन कक्षा सञ्चालन भईराख्याे हाेला । उसलाई पढ्न भन्नू । सानी छाेरीलाई बिचरा के थाहा हाेला बाबालाई काेराेना लागेकाे छ भनेर । बाबा कहाँ गयाे भनेर साेचि हाेली । घरी घरी बा….बा….. मात्र भन्थी । मेराे काखमा नबसी उसकाे मन रम्थेन । मलाई माेबाईलमा भिडियाे गरेर बेला बेलामा देखाईदिनु ….। अरू त के भनाैं तिमी आफैं कुरा बुझ्ने छाै । तिम्राे उहीँ जीवनसाथी ….
अर्जुन अविरल
मिति : २०७७ भाद्र १५ गते साेमबार
समय : बेलुका ९:३० बजे
स्थान : सामुदायिक प्राकृतिक चिकित्सालय,
रजहरकाे काेठा नं. २९ ( आईसाेलेसन कक्ष )

तपाईको प्रतिक्रिया