गैँडाकोट । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर पूर्वि नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. ९ का ४० वर्षीय लक्ष्मीप्रसाद महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नउपरिक्षक मोहन प्रसाद खाँडले बताउनुभयो ।

कावासोतीको विपी चोकमा रहेको कमल प्रसाद पौडेलको घरमा ट्रस लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया