×

नवलपुर विशेष

नवलपुरका २० सहित गण्डकी प्रदेशमा थप ४७ जनामा काेरोना पुष्टि ( विवरण सहित)

नवलपुरका २० सहित गण्डकी प्रदेशमा थप ४७ जनामा काेरोना पुष्टि ( विवरण सहित)
गैँडाकोट। गण्डकी प्रदेशमा ४७ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एकरएकजना रहेका छन् ।

बृटिसक्याम्प नजिकै देखिएको बेवारिसे शव रातारात गायव

बृटिसक्याम्प नजिकै देखिएको बेवारिसे शव रातारात गायव
गैँडाकोट । पूर्वि नवलपरासीको बृटिसक्याम्प नजिकै सोमवार साँझ देखिएको वेवारिसे शव रातारात गायव भएको छ । गैडाकोट नगरपालिका वडा नं. १ बृटिसक्याम्प नजिकै जंगलमा महिलाको बेवारिसे शव भेटिएको देखिएको थियो । शव देखिएपछि सोमबार साँझ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक चन्द्रवहादुर थापाले घटनास्थलमा पुगेर हेर्दा स्थानीयले भनेको ठाँउमा शव फेला नपरेको बताउनुु भयो । प्रहरीले घटनास्थलबाट घडी, चप्पल र सल फेला परेको छ । उहाँले यस विषयमा प्रह...

विद्यालयका कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ

विद्यालयका कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास चोकमा अवस्थित महेन्द स्मारक आधारभूत विद्यालयबाट चार थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी गर्ने समुुहलाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास नजिकैबाट उनिहरु साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३ जना युुवाहरु रहेका छन । उनिहरुको सम्वन्धमा थप अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गएराति विद्यालय हाताभित्र प्रवेश गरी ढोका फोरर उनिहरुले चार थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी गरेका थ...

गैँडाकोट १५ नं. वडा कार्यालयको उद्घाटन

गैँडाकोट १५ नं. वडा कार्यालयको उद्घाटन
गैँडाकोट । गैँडाकोट नगरपालिका १५ नं. वडा कार्यालयले आजदेखि १६ नम्बर चोक स्थित पुरानो खानेपानी रहेको स्थानबाट सेवाको थालनी गरेको छ । यसअघि संयक्त वडा कार्यालयबाट सेवा प्रदान गर्ने गरिएकोमा आजदेखि १५ नम्बर वडाले अलग्गै स्थानबाट सेवा दिन थालेको हो । वडा कार्यालयको आज एक समारोहका विच गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले उद्घाटन गर्नुभयो । वडावासीको हितलाई ध्यानमा राख्दै सवैलाई पायक पर्ने स्थानबाट सेवा प्रदान गर्ने उदेश्यले वडा कार्यालयको स्थापना गरिएको मेयर पौडलले बताउन...

लायन्स क्लव अफ चितवन नवलपुरद्धारा खाना सहयाेग

लायन्स क्लव अफ चितवन नवलपुरद्धारा खाना सहयाेग
चितवन ।  लायन्स क्लव अफ चितवन नवलपुरले नारायणगढ लगायत आसपास क्षेत्रका सडक वेवारिसेहरुलाई खाना खुवाएको छ । क्लवले वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले सञ्चालन गर्दै आएको २५ औं दिनको उक्त खाना खुवाउने कार्यक्रममा एक दिन वरावरको लाग्ने रकम सहित सेवा प्रदान गरेको हो । सधैं सामाजिक सेवामा रमाउने क्लवका सम्पुर्ण सदस्यहरुको उपस्थिती र आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको क्लका अध्यक्ष उमाकान्त कंडेल (निर्मल)ले बताए । क्लवले एक दिन खाना खुवाउन लाग्ने बरावरको रकम वेव...

गैडाकोटकी काेरोना संक्रमित महिलाको भरतपुरमा मृत्यु

गैडाकोटकी काेरोना संक्रमित महिलाको भरतपुरमा मृत्यु
भरतपुर ।  चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत गैडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ बर्षिय एक महिलाको मृत्यु भएको हो । भदौं १७ गते कोरोना पुष्टि भएको उहाँको कोभिड आइसियूमा उपचारको क्रममा गएराति ११ं.३० बजे मृत्यु भएको प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिनुभयो । स्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । चितवनका मात्रै १७ जना संक्रमि...

जिल्लामा तत्काल पीसीआर ल्याबको स्थापना गर्न नवलपुर काग्रेसको माग

जिल्लामा तत्काल पीसीआर  ल्याबको स्थापना गर्न नवलपुर काग्रेसको माग
कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले तत्काल जिल्लामा पिसिआर ल्याबको स्थापना गर्न माग गरेको छ । गण्डकी प्रदेश सभा सदस्य समेत रहेका नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल जिल्लामा पिसिआर ल्याबको स्थापना गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन । पिसिआर टेस्ट र त्यसको नतिजाको पर्खाईबाट आम जिल्ला बासी अत्यन्तै पीडित र दुखित छ्न, परिक्षण कार्य सहज नहुदा समुदायलाई यस्ले त्रसित र आतंकित बनाएको लामिछाने द्वारा ज...

चित्रकला प्रतियोगिताको नतिजा प्रकाशन

चित्रकला प्रतियोगिताको नतिजा प्रकाशन
सुस्मा न्याैपाने गैँडाकोट । बाल दिवस २०७७ को अवसरमा नगर बाल सञ्जाल गैंडाकोट र वडा वाल सञ्जाल गैंडाकोटको आयोजना एवं १ नंं.वडा कार्यालय गैंडाकोट–१ को आयोजनामा अनलाइन चित्रकला प्रतियोगिताको नतिजा प्रकाशन कार्यक्रम जुम वेविनार कार्यक्रम मार्फत आज सम्पन्न भएको छ । प्रतियोगितामा सहभागि ६० जना बालबालिका चित्र मध्ये जनक माध्यमिक विद्यालयका सुपथ शर्मा लामिछाने प्रथम, धवलागिरि बाल क्लव गैंडाकोट –२ का पुस्कलराज लम्साल द्वितिय ,विजय सामुदायिक शिक्षा सदनमा अध्ययनरत लेहिना क्षेत्री त...

देवचुली नगरपालिकाको कार्यालय थप ३ दिन बन्द

देवचुली नगरपालिकाको कार्यालय  थप ३ दिन बन्द
 देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको कार्यालय ३ दिनको लागी  बन्द भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछी आज २८ गते देखि ३० गते ३ दिन सम्मको लागि नगरपालिका कार्यालय बन्द भएको हो । देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलका अनुशार स्वास्थ्य सेवा लगाएत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ । नगरपालिका कार्यालय भवनमा रहेका वडा बाहेकका अन्य वडाको सेवा भने सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सिग्देलले बताउनुभयो ...