×

गैँडाकोट । गैँडाकोट नगरपालिका १५ नं. वडा कार्यालयले आजदेखि १६ नम्बर चोक स्थित पुरानो खानेपानी रहेको स्थानबाट सेवाको थालनी गरेको छ । यसअघि संयक्त वडा कार्यालयबाट सेवा प्रदान गर्ने गरिएकोमा आजदेखि १५ नम्बर वडाले अलग्गै स्थानबाट सेवा दिन थालेको हो । वडा कार्यालयको आज एक समारोहका विच गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले उद्घाटन गर्नुभयो ।


वडावासीको हितलाई ध्यानमा राख्दै सवैलाई पायक पर्ने स्थानबाट सेवा प्रदान गर्ने उदेश्यले वडा कार्यालयको स्थापना गरिएको मेयर पौडलले बताउनुभयो ।उहाँले आगामी दिनमा जग्गाको पहिचान भएमा वडाको आफ्नै भवन निर्माण गरि वडावासीलाई सेवा दिनको लागी पहल गर्ने जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा उपमेयर विष्णुकुमारी कडेल , प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भूसाल, वडा अध्यक्ष रामकुमार श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन वडा नं. १५ का सचिव ईन्द्रप्रसाद काफ्ले ले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया