×

नवलपुर विशेष

नवलपुरमा कोरोना संक्रमित एक बृद्धको मृत्यु

नवलपुरमा कोरोना संक्रमित  एक बृद्धको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना संक्रमित एक बृद्धको मंगलवार राति मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं. १४का ७८ वर्षीय पुरुषको मृत्यु भएको मध्यविन्दु अस्पतालका (कोभिड फोकल पर्सन) डाक्टर शिवराज न्यौपाने ले उज्यालो खबरलाई जानकारी दिए । अस्पतालको आईसोलेसन कक्षमा उपचाररत उनमा मंसिर १२ गते कोरोना पुष्टि भएको थियो । डाक्टर न्यौपानेका बृद्धमा डाईबेटिजको समेत समस्या थियो ।  

नवलपुरकाे मध्यविन्दुमा स्कुल बसको ठक्करबाट एक जनाको मत्यु

नवलपुरकाे मध्यविन्दुमा  स्कुल बसको ठक्करबाट एक जनाको मत्यु
गैँडाकोट । पुर्वी नवलपरासी को मध्यविन्दु नगरपालिका ९ बसन्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मत्यु भएको छ । लु २० प २४३७ नम्बरको मोटरसाइकललाई थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको स्कूल बसले ठक्कर दिदा मोटरसाइकलमा सवार मध्यविन्दु–१३ का ३५ वर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कुमालको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी  नवलपरासीका प्रहरी निरीक्षक मधु सिंहले जानकारी दिनुभयो । दुर्...

नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु

नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु
गैँडाकोट । पश्चिम नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नं. १ का २७ वर्षीय रविन्द्र चौधरीको कुटपिटबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा नं. १ कै शान्ता ढकालको घरमा शुक्रबार साझँ मापसे गरि पुगेका चौधरीलाई ढकाल सहित उनका छोरा र छोरीले कुटपटि गरेका थिए । ढकाल परिवारको कुटपिट पश्चात हिडेरै घर पुगेका चौधरीको एक्कासी राति ११ वजे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएकोमा राति एकवजे मृत्यु भएको प्रहरीले...

 बौदीकाली गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास

 बौदीकाली गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास
नवलपुर । नवलपुरको  बौदीकाली गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । सोमबार देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत बौदीकाली गाउँपालिका २ मा पनि १५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो । बौदीकाली २ मा रहेको रकुवा प्राथमिक स्थास्थ्य केन्द्रमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले १५ शैयाको अस्पतालको शिलान्यास गर्नु भएको हो ।२ करोड २३ लाख बजेटमा दुई वर्ष भित्रमा अस्पताल भवनको निर्माण सक्ने गरि काम सुरु गरिएको बौदीकाली गाउँ...

नारायणगढ -बुटवल सडक विस्तार आयोजनाका मजदुरहरु आन्दोलनमा

नारायणगढ -बुटवल सडक विस्तार आयोजनाका मजदुरहरु आन्दोलनमा
गैँडाकोट । नारायणगढ बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन । व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनिहरुले रजहरमा रहेको नारायणगढ बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडी धर्ना दिएका छन । सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलव नदिएको, विना कारण कामबाट निकालिएको भन्दै उनिहरुले धर्ना दिएको अखिल नेपाल टेड युनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले उज्यालो खबरलाई बताए । २०० भन्दा बढि मजदुर...

राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्‍याली (भिडियो सहित)

राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल  र्‍याली (भिडियो सहित)
गैँडाकोट ।राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्‍याली निकालिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले  राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्‍याली   निकालेको हो । नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर उलेख्ख संख्यामा मोटरसाइकल जुलुस निकालेको हो । शनिवार नवलपुरको डण्डा बजारबाट आएको मोटरसाईल देवचुली नगरपाल...

हुप्सेकोट गाउँपालिकामा विष्णुधामका साथै गुरुकुल शिक्षालय स्थापना गरिने

हुप्सेकोट गाउँपालिकामा विष्णुधामका साथै गुरुकुल शिक्षालय स्थापना गरिने
नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्वर ४ मा रहेको पटुवाढाप क्षेत्रमा विष्णुधामका साथै गुरुकुल शिक्षालय स्थापना गरिने भएको छ । विहिवार आयोजित धार्मिक पर्यटकीय क्षेत्र तथा विष्णुधाम घोषणा कार्यक्रम मार्फत उक्त घोषणा गरिएको हो । जगतगुरु रामानुजाचार्य हिमालयन बाबा महन्त पीठाधीस ज्यू को उपस्थितिमा धार्मिक पर्यटकीय क्षेत्र तथा विष्णुधाम घोषणा गरिएको हो । हुप्सेकोट गाउपालिका वडा नम्वर ४ पटुवाढाप १ हजार ८ पिपल रोपिएको स्थानमा विष्णुधाम क्षेत्र घोषणाका साथै गुरुकुल स्थापना गर्ने उद्ध...

कावासोतीका थप ४४ जनामा कोरोना संक्रमण

कावासोतीका थप ४४ जनामा  कोरोना संक्रमण
कावासोती ।पुर्वी नवलपरासीको कावासोतीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय पोखराले जनाए अनुसार कावासोतीमा गत सोमबार ७० जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईएकोमा ३३ जना पुरुष र ११ महिला सहित थप ४४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कावासोतीमा कोरोना संक्रमितको संख्या ६ सय ५ पुगेको छ । नगरपालिकामा कुल संक्रमित मध्य ४ सय ४५ जना संक्रमण मुक्त भईसकेका छ्न भने सक्रिय संक्रमितको संख्या १ सय ६० पुगेको छ ।

गण्डकी सहित  चार वटा प्रदेशमा हिमपात र वर्षाको संभावना

गण्डकी सहित  चार वटा प्रदेशमा हिमपात र वर्षाको संभावना
नवलपुर  -आज वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा दिउँसो सामान्य खालको पानी पर्ने सम्भावना छ । बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना रहेको मौसमविद् ...