नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्वर ४ मा रहेको पटुवाढाप क्षेत्रमा विष्णुधामका साथै गुरुकुल शिक्षालय स्थापना गरिने भएको छ । विहिवार आयोजित धार्मिक पर्यटकीय क्षेत्र तथा विष्णुधाम घोषणा कार्यक्रम मार्फत उक्त घोषणा गरिएको हो । जगतगुरु रामानुजाचार्य हिमालयन बाबा महन्त पीठाधीस ज्यू को उपस्थितिमा धार्मिक पर्यटकीय क्षेत्र तथा विष्णुधाम घोषणा गरिएको हो । हुप्सेकोट गाउपालिका वडा नम्वर ४ पटुवाढाप १ हजार ८ पिपल रोपिएको स्थानमा विष्णुधाम क्षेत्र घोषणाका साथै गुरुकुल स्थापना गर्ने उद्धघोष गरिएको छ ।
गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना रिपोर्टका आधारमा धार्मिक पर्यटकिय क्षेत्र निर्माणका काम अघि वढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनु भयो । तीन वर्ष अघि उक्त क्षेत्रमा १ हजार ८ पिपल रोपिएको क्षेत्र भएकाले यसको महत्व आफैमा उच्च रहेको वताउदै धार्मिक पर्यटकीय क्षेत्र निर्माणमा गाउपालिकाले कुनै कसर वाकि नराख्ने वताउनु भयो ।
विष्णुधाम लाई लक्ष्मी मन्दिर, जलकुण्ड , गुरुकुल आश्रम मार्फत धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकाश गरिने हुप्सेको गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताउनु भयो । कार्यक्रममा वोल्दै जगतगुरु रामानुजाचार्य हिमालयन बाबा महन्त पीठाधीस ले पाप र धर्म को फरक छुट्याउन मानवलाई असल ज्ञान र संगत चाहिएकाले हुप्सेकोट गाउपालिकाको उक्त क्षेत्रलाई विष्णुधामका रुपमा विकाश गरि धर्म सिकाइने वताउनु भयो । अफ्नो अगुवाईमा धाम ,एैतिहासिक मन्दिर, जल कुण्ड, गुरुकुल आश्रम निर्माण कार्य सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गर्दै जगतगुरु रामानुजाचार्य हिमालयन बाबा महन्त पीठाधीस ले सवैलाइ सहयोग गर्न आग्रह गर्नु भयो । सोहि अवसरमा आश्रम सञ्चालनका लागि प्रत्यक वर्ष २ लाख सहयोग गर्ने स्थानिय समाजसेवि श्याम पाण्डेले घोषणा गर्नु भएको थियो । कार्यक्रममा वोल्दै समाजसेवि पाण्डेले आफु वाचुन्जेल गुरुकुल आश्रम सञ्चालनका लागि वार्षिक नगद २ लाख सहयोग गर्ने वताउनु भएको हो ।