Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपुरको  बौदीकाली गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । सोमबार देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत बौदीकाली गाउँपालिका २ मा पनि १५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो ।

बौदीकाली २ मा रहेको रकुवा प्राथमिक स्थास्थ्य केन्द्रमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले १५ शैयाको अस्पतालको शिलान्यास गर्नु भएको हो ।२ करोड २३ लाख बजेटमा दुई वर्ष भित्रमा अस्पताल भवनको निर्माण सक्ने गरि काम सुरु गरिएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिनु भयो ।

गुणस्तरीय आधारभुत स्वास्थ्य सेवामा नागरिकहरुको पहुच सुनिश्चित गर्न चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा ५ देखी १५ शैया सम्मको आधमरभुत अस्पताल स्थापना गर्ने नीति अनुरुप चालु आर्थिक बर्षमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण प्रारम्भ गर्ने गरी आंशिक बजेट र कार्यक्रम प्राप्त भएको छ ।

अस्पताल शिलान्यास कार्यक्रममा वोल्दै गाउपालिका अध्यक्ष दुर्गा बहादुर रानाले शिक्षा स्वास्थ्य र यातायात लगाएतका आधारभुत पुर्वाधारका क्षेत्रहरुमा गाउपालिकाले विशेष प्राथमिकताका साथ काम गरिरहेको वताउनु भयो ।

तपाईको प्रतिक्रिया