Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । नारायणगढ बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन ।

व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनिहरुले रजहरमा रहेको नारायणगढ बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडी धर्ना दिएका छन ।

सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलव नदिएको, विना कारण कामबाट निकालिएको भन्दै उनिहरुले धर्ना दिएको अखिल नेपाल टेड युनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले उज्यालो खबरलाई बताए । २०० भन्दा बढि मजदुरहरुले कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन ।

तपाईको प्रतिक्रिया