दाउन्नेमा जहाज खसेको हल्ला निराधार : नवलपुर प्रहरी
नवलपुर । नवपुरको दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिकै हवाई जहाज दुर्घटना भएको भन्ने खबरपछि सो स्थल तर्फ गएको प्रहरी टोलि घटना स्थल भनिएको क्षेत्रमा दुर्घटनाको कुनैपनि आधार नदेखिएपछि फिर्ता भएको छ । आज साँझ दाउन्नेमा जहाज दुर्घटना भएको भन्ने खबरपछि प्रहरी टोलि त्यसतर्फ प्रस्थान गरेको थियो ।
नवलपुर सहित परासी र बर्दघाटबाट समेत सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलि सो स्थानमा पुगेको थियो । विभिन्न एयरलाइन्स र बिमानस्थल संग नवलपुर प्रहरीले गरेको सम्पर्कमा सबै जहाजहरु सम्पर्कमा...


