अध्यक्ष पदका उमेदवार अधिकारीले भने :तपाईहरुको विश्वास र भरोसा टुट्न दिन्न (तस्विरहरु)
गैँडाकोट । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले गैँडाकोट एकले उमेदवार सहितको घरदैलो अभियानलाई तिव्रता दिएको छ । वैशाख १८ गतेदेखि घरदैलो अभियान सुरु गरेको एमालेले वडाका ५ वटा टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलो कार्यक्रम मार्फत स्थानीय निर्वाचनमा मत माग्दै वडा अध्यक्ष पदमा उमेदवार ध्रुव अधिकारीले वडाको विकास समृद्धिका लागि आफुले उमेदवारी दिएको भन्दै यस पटक आफुलाई मत दिन आग्रह गर्नुभयो । तपाईहरुले गर्नुभएको भरोसा र विश्वासलाई मैले टुट्न ...


