×

नवलपुर विशेष

अक्सफोर्ड कलेजको आयोजनामा भएको कार्यक्रममा १३३ जनाद्धारा रक्तदान

अक्सफोर्ड कलेजको आयोजनामा भएको कार्यक्रममा १३३ जनाद्धारा रक्तदान
गैँडाकोट । बजारमा देखिएको रगतको अभावलाई न्यूनिकरण गर्ने गर्ने उदेश्यले पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।गैँडाकोट २ मा अवस्थित कलेज परिसरमा आज विहान प्राध्यापक र विद्यार्थीहरुको सहभागितामा भएको रक्तदान कार्यक्रममा ९९ जना पुरुष र ३४ जना महिलाले रक्तदान गरेको कार्यक्रमका संयोजक शिशिर कुंवरले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य प्राध्यापक ई. हरि भण्डारीले पहिलो रक्तदाता भिमप्रसाद भण्डारीलाई रक्तसंकलन...

नेपालकै उत्कृष्ट सहकारी विकु बचत, सदस्य मात्रै सवा लाख !

नेपालकै उत्कृष्ट सहकारी विकु बचत, सदस्य मात्रै सवा लाख !
विकु बचत तथा ऋण गैरसरकारी संस्थाको स्कुलिङबाट जन्मिएको हो । विजय विकास स्रोत केन्द्रको तालिमपछि संस्थाको जन्म भएकाले सामाजिक विकास कार्यक्रम मार्फत अगाडी बढायौं । सदस्यको स्वास्थ्य र खुसी हाम्रो प्राथमिकता हो । त्यसैले कार्यक्रम डिजाइन गर्दा नै यसै अनुसार गर्छौ । बेस्ट र बिगेस्ट (बी२) सिद्धान्तमा हामी अघि बढेका छौं । हामीले संस्थाको स्वेतपत्र बनायौं, इनोभेसन र क्रियशनलाई फोकस गरेका छौं । बिकुमा कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणलाई पनि समेटेका छौं । हाल सवा लाख सदस्य पुगे...

मूल्यवृद्धिको विरोधमा चितवनमा अखिल र युवासंघको विरोध प्रर्दशन(फोटो सहित)

मूल्यवृद्धिको विरोधमा चितवनमा अखिल र युवासंघको विरोध प्रर्दशन(फोटो सहित)
चितवन । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा चितवनमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।जनताको ढाड सेक्नेगरी गरिएको मूूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै उनिहरुले भरतपुरको विरेन्द्र क्यामसगेट अगाडी प्रदर्शन गर्दै आधाघण्टा चक्काजाम गरेका हुन् । नेकपा एमाले निकट अनेरास्ववियू चितवन र राष्टिय युवासंघ चितवनले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् । लुटतन्त्र बन्द गर, मूूल्यवृद्धि फिर्ता गर, मापासे सरकार राजिनामा दे, बलात्कारीलाई कारबाही गर लगायतका प्...

नवलपुरको कावासोती र देवचुलीमा औद्योगिक क्षेत्रका लागि जग्गा नापी

नवलपुरको कावासोती र देवचुलीमा औद्योगिक क्षेत्रका लागि जग्गा नापी
नवलपुर । नवलपुरको कावासोती–१ र देवचुली–१५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी सुरुआत गरिएको छ ।लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अहिले पहिलो चरणमा क्षेत्रफल निर्धारण र औद्योगिक क्षेत्रका लागि जग्गा नापी सुरु गरिएको हो । लोकाहा क्षेत्रमा करिब १८० बिघा जग्गा रहेको र यो जग्गा औद्योगिक क्षेत्रको लागि छुट्याउन अहिले नापीको काम चलिरहेको नापी कार्यालय नवलपुरका नापी अधिकृत धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ...

आज अन्तर्राष्ट्रिय योग दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै
चितवन । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भ...

बढ्याे गाडी भाडा : नारायणगढबाट कावासाेतीको लागि १०७ रुपैँया कायम

बढ्याे गाडी भाडा : नारायणगढबाट कावासाेतीको लागि  १०७ रुपैँया कायम
नवलपुर । पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने ...

नवलपुरकाे गैँडाकोटमा एक पुरुषद्धारा आत्महत्या

नवलपुरकाे गैँडाकोटमा एक पुरुषद्धारा आत्महत्या
गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजसाँझ एक पुरुषले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बाघखोर नजिकै स्थानीय दल बहादुर कुमालले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गैँडाकाेटले जनाएकाे छ । ४५ वर्षीय कुमालले आफ्नै घरको पंखामा डोरीको पासो लगाई आत्महत्या गरेको स्थानीयहरुले बताएका छन् । राति १० वजेसम्म उनको शव निकालिएको छैन । ईलाका प्रहरी कार्यालय गैँडाकोटको टोली अहिले घटनास्थलमा पुगेको छ ।

नवलपुरमा फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

नवलपुरमा फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने
नवलपुर । धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढाइएको छ । २०७६ साल असोजमा फलाम निकाल्न गठन भएको धौवादी कम्पनीले फलाम उत्खननका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको जनाएको छ । कम्पनीका निर्देशक शैलेश थापाले उत्खननको कार्य तीव्ररुपमा अगाडि बढेको बताए । उनकाअनुसार कम्पनीले विभिन्न परीक्षणसहित कार्य अगाडि बढाएको छ । उक्त क्षेत्रमा १५ करोड टन फलाम उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । गण्डकी प्रदेशको नवलपरासीको सुस्तापूर्वीको कावासोतीदेखि २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिका...

नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल,बोलपत्र आह्वानको तयारी

नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल,बोलपत्र आह्वानको तयारी
चितवन ।  चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिए । सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्ने चर पुल’ निर्माण गर्न...