×

नवलपुर विशेष

गैँडाकोटको जनक मावि डुवानमा

गैँडाकोटको जनक मावि डुवानमा
गैँडाकोट । अविरल वर्षाका कारण नवलपुरको गैँडाकोट डुवानमा परेको छ । जिल्लाको गैँडाकोट नगरपालिकाका वडा नं. २, ४, ५,का क्षेत्रहरु डुवानका कारण प्रभावित भएका छन् । नगरको वडा नं. ५ मा रहेको जनक मावि डुवानमा परेको छ । विद्यालयको भुईतलामा रहेको कोठाहरुमा पानी पसेको छ । डुवान भएपछि विद्यालयको पढाई समेत बन्द गरिएको छ ।

गैँडाकोटमा नालीमा परेर तीन वर्षीया बालिका बेपत्ता, खोजीकार्य जारी

गैँडाकोटमा नालीमा परेर तीन वर्षीया बालिका बेपत्ता, खोजीकार्य जारी
गैंडाकोट । गैंडाकोटमा ३ वर्षकी बालिका बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण गैंडाकोट १ लाफा चोकमा नालामा परेर बालिका बेपत्ता भएकी हुन् । बेपत्ता हुनेमा सहारा श्रेष्ठ रहेकी छिन् । भेलसहितको नालामा परेको हुन सक्ने भन्दै स्थानीयले खोजी जारी राखेका छन् विहान पौने ११ बजेबाट बालिका बेपत्ता भएकी छन् । घर अगाडिको पानी बग्ने नाला नजिक बालिकाको चप्पल भेटिएपछि नालाले बगाएको हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गैँडाकोटका विभिन्न घरहरुबाट नगद तथा जिन्सी चोरीगर्ने २ जना पक्राउ

गैँडाकोटका विभिन्न घरहरुबाट नगद तथा जिन्सी चोरीगर्ने २ जना पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्थानीयहरुको घरमा पसेर नगद, गरगहना र मोबाइल चोरी गर्दै आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकका का ३५ वर्षका शरद गुरुङ र वडा नं. २ शिल्यान्यास चोकका १९ वर्षका जंगे भनेर चिनिने अमित कुमाल रहेका छन् । गुरुङ र कुमालकै मिलेमतोमा गैँडाकोटका विभिन्न वडाहरुमा चोरी डकैती हुँदै आएको प्रहरीले जनाएको छ । उनिहरुले घरको ताल्चा फोडेर नगद सहित गरगहना तथा मोबाइल फोन लगेको प्रहरीको भनाई छ ।पक्राउ परेका गुर...

गैँडाकोटका वास्तुशास्त्री सोतीले पाए उत्कृष्ट अनुसन्धान गरेर अमेरिकाबाट स्वर्ण पदक

गैँडाकोटका वास्तुशास्त्री सोतीले पाए उत्कृष्ट अनुसन्धान गरेर अमेरिकाबाट स्वर्ण पदक
नवलपुर । गैँडाकोटका वास्तुशास्त्री लक्ष्मीप्रसाद सोतीले अमेरिकाबाट स्वर्ण पदक पाएका छन् ।वास्तु र ज्योतिष विज्ञानको गहिराइमा रही उत्कृष्टअनुसन्धान गर्ने विश्वका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको स्वर्ण पदक यो पटक नेपालका वैज्ञानिक वास्तु विशेषज्ञ सोतीले पाएका हुन् । पेशाले सिभिल इञ्जिनियर र वास्तुशास्त्रीसमेत रहेका गैँडाकोट निवासी सोती गैँडाकोट नगरपालिकामा यसअघि काम पनि गर्दथे । उनी अहिले नेपाल ज्योतिष परिषद्अन्र्तगत वास्तुविभागको प्रमुख समेत रहेका छन् ।सोतीलाई वास्तु र ज्य...

रजहरमा बस र ट्रक जुधे, ६ जना घाइते

रजहरमा बस र ट्रक जुधे, ६ जना घाइते
गैँडाकोट । नवलपुरको देवचुलीमा बस र ट्रक एक आपसमा ठक्करखाँदा ६ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बस र सोहि दिशातर्फ जाँदै गरेको ना ६ ख ९२०२ नम्बरको ट्रक एक आपसमा ठक्करखाँदा बसमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । दिउसो सवा ३ बजे भएको दुर्घटनाका घाइतेहरुलाइ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइएको छ । घाइते ६ जना मध्ये बसका ४ जना यात्रु र ट्रकका चालक र सहचालक रहेका छन् । गुडीरहेको ट्रकको टायर पंचर हुन पुग्दा दुर्घटना भए...

अक्सफोर्डका सापकोटाले ल्याए ३.९५ जीपीए, सबै विद्यार्थीकाे नतिजा उत्कृष्ट

अक्सफोर्डका सापकोटाले ल्याए ३.९५ जीपीए, सबै विद्यार्थीकाे नतिजा उत्कृष्ट
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड सकेन्डरी स्कुलबाट एसईई दिएका विद्यार्थीहरुले गैँडाकोट नगरीमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विद्यालयका मेधावी छात्र शिशिर सापकोटाले ३.९५ जीपीए ल्याएका छन् भने शिशिर लम्साल , दिपसन श्रेष्ठ र कृतक पराजुलीले ३.९ जीपीए ल्याएका छन् । बुधबार प्रकाशित नतिजाअनुसार परीक्षा दिएका २९ जना विद्यार्थीहरुमध्ये ६जना विद्यार्थीको ‘ए प्लस’ , ५ जना विद्यार्थीको ‘ए’ , ९ जना विद्यार्थीकोे ‘बी प्लस’ , र ८ जना विद्यार्थीको ‘बी’ आएको अक्सफोर्ड ...

एम्स एवरोर्ड एजुकेशनद्धारा खेलकुुद सामाग्री सहयोग

एम्स एवरोर्ड एजुकेशनद्धारा खेलकुुद सामाग्री सहयोग
चितवन । उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाइ अष्टेलिया पठाउँदै आएको चितवनको लोकप्रिय शैक्षिक परामर्श संस्था  एम्स एवरोड एजुकेशनले नवलपुरको गैँडाकोटमा खेलकुद सामाग्री सहयोग गरेको छ ।नवलपुरको गैँडाकोटमा केहिदिनअघिमात्रै गठन भएको मदन भण्डारी स्पोर्टस एकेडमीलाई फुटवल सहयोग गरिएको एम्स एवरोडका प्रवन्ध निर्देशक कृष्ण कंडेलले बताउनुभयो । भरतपुरमा आयोजित एक कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडमीका अध्यक्ष नर बहादुर थापालाई फुटवल सहयोग गरिएको हो । खेलकुदको विकास र खेलाडीहरुको...

शाइनिङ आवासीय मावि गैँडाकोटकै अब्बल विद्यालय

शाइनिङ आवासीय मावि गैँडाकोटकै अब्बल विद्यालय
गाेविन्द घिमिरे  गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको शाइनिङ आवासीय माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित सो विद्यालयले विभिन्न अन्तर्राष्ट्रिय  स्तरको अवार्ड र गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको हो । विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीका अनुसार विद्यालयले ब्रिटिस काउन्सीलले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्कुल अवार्ड द सीपीडी ग्रुपको सदस्यको रुपमा मान्यता प्राप्त र आईएसओ मान्यता प्राप...

प्राङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने नवलपुरका युट्युबर पक्राउ

प्राङ्कको नाममा महिलालाई अभद्र व्यवहार गर्ने नवलपुरका युट्युबर पक्राउ
नवलपुर ।  सडकमा हिडिरहेका एक महिलासंग भएको सबै गरगहना र नगद नदिए एसिड छयाप्ने भन्दै धम्काउने एक युवकले आफु भाइरल हुन बनाएको भिडियो यूटुबमा राखेपछि प्रहरीको फन्दामा परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नवलपरासीवाट यो भिडियो यूटुबमा राख्ने २६ वर्षका पूर्णचन्द्र भुसाललाई सोमवार पक्राउ गरेको छ । ति यूवक हुप्सेकोट गाउपालिका गिरुबारीका हुन । बदमास केटा नामक यूटुब च्यानल संचालन गरि बाटोमा हिडिरहेकी एक महिलासंग भएको मोवाइल , पैसा दिनुस नत्र एसिड हान्छु भन्दै धम्क्याएको...