×

नवलपुर विशेष

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले भने । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । ...

नवलपुर क्षेत्र नं. १ मा नतिजा उल्टाउने तयारीमा एमाले : ६ हजार ५०१ सदस्यीय प्रचार समिति गठन

नवलपुर क्षेत्र नं. १ मा नतिजा उल्टाउने तयारीमा एमाले : ६ हजार ५०१ सदस्यीय प्रचार समिति गठन
देवचुली । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमालेले संगठन परिचालन र प्रचार प्रसारलाई तिब्रता दिन थालेको छ । नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ को  बिस्तारित बैठकले क्षेत्रिय समन्वय कमिटीका  सहसंयोजक राम प्रसाद मरासिनी संयोजक र खिमान्नद भुसाल सचिव रहेको ६ हजार ५०१ सदस्य प्रचार प्रसार समिति गठन गरेको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो । प्रचार प्रसार समितिमा क्षेत्रिय समन्वय समितिका स स...

मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष स्थापना

मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष स्थापना
नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए । “यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा...

नवलपुर क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार जि.सी.को सचिवालय स्थापना

नवलपुर क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार जि.सी.को सचिवालय स्थापना
गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदबार चित्र ध्वज जि.सीको सचिवालय स्थापना गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ स्थित गैँडाकोट रिसोर्ट अगाडी उम्मेदवार जि.सी को सचिवालय स्थापना गरिएको उहाँका सहयोगी प्रेम गौडेलले जानकारी दिनुभयो । सचिवालय स्थापना भएसँगै क्षेत्र नं.१ मा कसरी चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने भन्ने रणनिति तय गरिने उहाँले बताउनुुभयो । विहान ८ वजेदेखि साँझसम्मै सचिवालयमा चुनाव केन्द्रित भेटघाट र छलफल स...

नवलपुर एमाले र युवासंघको एउटै स्वर : माओवादीको विज्ञेप्ती आपत्तीजनक

नवलपुर एमाले र युवासंघको एउटै स्वर : माओवादीको विज्ञेप्ती आपत्तीजनक
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपुर र राष्टिय युवासंघ नेपाल नवलपुरले अलग अलग विज्ञेप्ती जारी गर्दै माओवादी केन्द्रले हिजो जारी गरेको विज्ञेप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।एमाले र एमालेका कार्यकर्ताको नाम जाडेर जारी गरिएको विज्ञेप्तीमा भएका शव्दहरु प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञेप्तीमा प्रयोग गरिएका शव्दहरु आपत्तीजनक रहेको भन्दै एमाले नवलपुर र राष्टिय युवासंघ नवलपुरले घोर भ्रत्सना गरेका छन् ।नेकपा एमाले नवलपुरका कार्यालय सचिव भिमला...

नवलपुर १ का स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीकाे चुनाव चिन्ह क्रस खुकुरी

नवलपुर १ का स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीकाे चुनाव चिन्ह क्रस खुकुरी
नवलपुर । नवलपुर  क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका चित्रध्वज जिसीले क्रस खुकुरी  चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले आज क्रस खुकुरी  चुनाव चिन्ह प्रदान गरेको हो ।सत्तारुढ गठबन्धनको भागवण्डामा नवलपुर–१ नेपाली काँग्रेसकाे  भागमा परेपछि कांग्रेसै नेता जिसीले उम्मेदवारी दिएका हुन् ।उनकाे उम्मेदवारी फिर्ताका लागि चाैतर्फि दवाव आएकाे भएपनि आफ्नाे अडानमा कायम रहँदै जिसीले उम्मेदवारी फिर्ता लिएनन् । प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका  जि...

नवलपुरका माओवादी नेता बालकृष्ण शर्मा (गैरे) घाइते

नवलपुरका माओवादी नेता बालकृष्ण शर्मा (गैरे) घाइते
कावासोती । उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोती पुगेका नवलपुर २ का गठबन्धन तर्फका उम्मेदवार बालकृष्ण शर्मा (गैरे) घाइते भएका छन् । तोकिएको समयभन्दा १५ मिनेट ढिलागरि मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेका उनलाई कार्यालय बाहिर रहेको समुहले रोक्न खोज्दा घाइते भएको बुझिएको छ । यस बारेमा थप विवरण आउन बाकि छ ।

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध
काठमाडौं । मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा एमालेलाई आफ्नो समर्थन रहेको भन्दै मनाङेले एमाले नेताहरु पोल्देन छोपाङ गुरुङसँग त...

कृष्ण पौडेलको उम्मेदवारीले उत्साह छाएको छ : अखिल गैँडाकोट

कृष्ण पौडेलको उम्मेदवारीले उत्साह छाएको छ :  अखिल गैँडाकोट
गैँडाकोट । अनेरास्ववियु गैँडाकोटले नवलपुर क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा कृष्ण पौडेलको उम्मेदवारीले उत्साहित भएको बताएको छ । स्थानीय नेताको उम्मेदवारीले अखिल उत्साहित भएको भन्दै मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राख्दै आन्तरिक आन्तरिक तयारी सुरु गरिएको उसको भनाइ छ । नवलपुरको गैँडाकोटमा आज साँझ आयोजित उम्मेदवारसँगको भेटघाट कार्यक्रममा अखिलका नगरअध्यक्ष मनिष अधिकारीले युवा विद्यार्थीहरु पौडेलेको उम्मेदवारीले निकै उत्साहित भएको बताए ।यहि स्थानमा स्थायी बसोबास गर्ने नेत...