मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण
गैँडाकाेट। नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको निःशुल्करूपमा पहिलो पटक शल्यक्रिया गरी छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले जानकारी दिए ।जिल्ला कै बुलिङटार-४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोले पोलेको दाहिने हातमा छाला प्रत्यारोपण गरिएको हो । सार्कीको हातको कुहिनो (एल्बो) एरियामा पोलेको थियो ।
जनरल सर्जन डा. अर्चन घिमिरे, डा. कमलराज न्यौपाने, डा. जितेन्द्र कण्डेलको टीम...


