नारायणगढ-बुटवल सडकको काम दशैँ पछि मात्रै सुरु हुने
गैँडाकाेट । चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडकको काम आउँदो दशैँ लगत्तै फेरि सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ । तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनशाय बनाएको नारायणगढ-बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो ।
निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन । आयोजना प्रमुख दिष्टीले भन्नुभ...


