नवलपुर । नेपाली कांग्रेसका नेता डा। शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएकाे  काँग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए  । तिवारीका अनुसार काेइरालाकाे एमआरआई र सीटी स्क्यान गरेपछि डिस्चार्ज गरिने छ ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी बेहोस भएका थिए, अहिले होस् आएको अस्पतालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया