×

नवलपुर विशेष

आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?

आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?
चितवन । मङ्गलबार (आज)  कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ। बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्र...

काँग्रेस र माओवादी परित्याग गर्दै गैँडाकोटमा २७ जना एमालेमा प्रवेश

काँग्रेस र माओवादी परित्याग गर्दै गैँडाकोटमा २७ जना एमालेमा प्रवेश
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा ४० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित निर्वाचन परिचालन तथा प्रचारप्रसार सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रममा २७ जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले गैँडाकोट नगर कमिटीले जनाएको छ । एमाले गैँडाकोट नगर कमिटिका अध्यक्ष षडानन्द लामिछानेले काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि उनिहरु एमालेमा समाहित भएको जानकारी दिनुभयो । विनिता बोहोरा, लक्ष्मी गहतराज, बसन्ती कुमाल , पूर्ण पुलामी,लो...

माडी जाने निकुन्जको बाटो पिच गर्न पहल गर्छु – विक्रम पाण्डे

माडी जाने निकुन्जको बाटो पिच गर्न पहल गर्छु – विक्रम पाण्डे
माडी । पूर्वमन्त्री एवम् चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार विक्रम पाण्डेले माडी भएको घरदैलोको क्रममा मतदाताकोलाई सम्बोधन गर्दै निर्वाचित भएपछि माडी जाने निकुन्जको बाटो पिचको लागि पहल गर्ने बताउनु भएको छ । २०७० सालमा निर्वाचित भएर वन तथा भु संरक्षण मन्त्रीको जिम्मेवारी सम्हाल्दा पाण्डेकै पहलमा निकुन्ज प्रवेश गर्दा लाग्ने शुल्क निःशुल्क् बनाउनु भएको थियो भने निकुन्ज भित्रको बाटो सेमत फराकिलो बनेको थियो । उहाले २०७४ सालको निर्वाचनमा जनप्रतिनिधि बन्न नसक्दा जनताको काम धे...

एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजान्छ : अध्यक्ष लिङ्देन

एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजान्छ : अध्यक्ष लिङ्देन
कावासोती ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजाने बताउनु भएको छ ।नवलपुरको डण्डामा आयोजित राप्रपाको चुनावीसभामा शनिबार बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस, माओवादी सहितको पाँच दलिय गठबन्धन असफल भइसकेकाले एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनको बाटोमा हिडाउने बताउनु भएको हो । चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले यो पटकको निर्वाचनमा केही स्थानमा राप्रपा र एमालेको तालमेल भएको र तालमेल नभएका स्थानमा प्रत...

गैंडाकोट इङ्गलिस स्कुलमा शिक्षक-अभिभावक संघ गठन

गैंडाकोट इङ्गलिस स्कुलमा शिक्षक-अभिभावक संघ गठन
गैँडाकाेट ।  गैंडाकोट इंगलिस स्कुलमा तिन बर्से कार्यकालको लागि शिक्षक अभिभाबक संघ गठन भएको छ। शनिबार विद्यालयको सभाहलमा सम्पन्न अभिभाबकहरुको बैठकले ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा  नयाँ कार्यसमिति चयन गरेको हो। ११ सदस्यीय कार्यसमितिकाे सदस्यहरुमा  रमेश काफ्ले, शारदा अधिकारी , शिबजंग श्रेष्ठ, बिष्णु अर्याल, मुना श्रेष्ठ, राम प्रसाद शर्मा, फ्रान्सिना थापा र राजेन्द्र पौडेल, विद्यालयका प्राचार्य सदस्यसचिव तथा शिक्षक प्रतिनिधिका रुपमा कमला गुरुङ चयन हुनु भएको छ। साे अवसर...

विष्णुकुमार कार्कीको चुनावी गीत सार्वजनिक (भिडियो सहित)

विष्णुकुमार कार्कीको चुनावी गीत सार्वजनिक (भिडियो सहित)
नवलपुर । नेपाली काँग्रेसका नेता तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुकुमार कार्कीको चुनावी गीत सार्वजनिक भएको छ । आयो चुनाव मुखैमा भोट दिनुहोस रुखैमा बोलको चुनावी गीत सार्वजनिक भएको हो । दिपक खड्का को शव्द तथा लय रहेको सो गीतमा उनै गायक खड्काले स्वर भरेका छन् । बिष्णुकुमार कार्की विकासप्रेमी नेता रहेको भन्दै कार्कीले जितेमा विकासको मुल फुट्ने र दुखका दिन छुट्ने कुराहरु गीतमा उल्लेख छ । https://www.youtube.com/watch?v=eYlKj2-sLAM    

मेयर बालेन साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

मेयर बालेन साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन लाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्टीकरण सोधेको हो । आयोगले हाम्रो नेपाली पार्टीसँग कुनै आवद्धता नै भएको जस्तो गरी तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा ध्यानाकर्षणसहित पत्र पठाएको हो । मेयर बालेनलाई पठाएको स्पष्टीकरण पत्रमा आयोगले भनेको छ, ‘हाम्रो नेपाली पार्ट...

नारायणी किनारमा एकादशी मेला भर्ने र स्नान गर्नेहरुको बिहानै देखि घुईचो

नारायणी किनारमा एकादशी मेला भर्ने र स्नान गर्नेहरुको बिहानै देखि घुईचो
कावासोती ।  एकादशीको अवसरमा पूर्वी नवलपरासीको नारायणी नदि तटका धार्मिकस्थलहरुमा बिहानै देखि बिशेष मेला एवम् पूजा गर्नेहरुको भीड लागेको छ । जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न दिनै भर भिड लागेको छ । अघिल्ला वर्षहरु कोरोना कहरका कारणले मेला रोकिए पनि यस वर्ष भने ३ दिन अगाडी बाटै नारायणी नदि किनारमा मेला लागेका हुन । स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरुले व्यवस्थापन गरेको मेलामा रा...

मतदाताले व्यक्त गरेको अभिव्यक्तिले मेरो जित सुनिश्चित छ : स्वतन्त्र उम्मेदवार जि.सी

मतदाताले व्यक्त गरेको अभिव्यक्तिले मेरो जित सुनिश्चित छ : स्वतन्त्र उम्मेदवार जि.सी
देवचुली । नवलपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि.सी.ले घरदैलो अभियानमा मतदाताले व्यक्त गरेका अभिव्यक्तिले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभएको छ । देवचुलीको पिप्रहरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । पुस्ता हस्तान्तरण र भ्रष्टचार विरुद्ध अभियानका लागि स्वतन्त्र उम्मेदवारलाई चयन गर्न उहाँको आग्रह गर्दै जिसीले बोलेर भन्दा पनि विकास गरेर देखाउने जिकिर गर्नुुभयो । ...