×

नवलपुर विशेष

दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिता माघ २६ गतेदेखि सुरुहुने

दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिता माघ २६ गतेदेखि  सुरुहुने
नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोटमा राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिता आयोजना हुने भएको छ । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा माघ २६ गतेदेखि फागुन १  गतेसम्म ‘दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७९’ आयोजना गर्न लागिएको हो ।केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले विगतका वर्षमा जस्तै यसवर्षपनि मेयरकप टी ट्वान्टी क्रिकेटलाई निरन्तरता दिइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जानकारी दिनुभयो । गण्डकी प्रदेशका ६ स...

गैँडाकाेट ५ मा शरद रिमालको अध्यक्षतामा नेविसंघ वडा समिति गठन

गैँडाकाेट ५ मा शरद रिमालको अध्यक्षतामा नेविसंघ वडा समिति गठन
गैँडाकाेट। नवलपुरकाे गैँडाकाेट ५ मा नेविसंघकाे वडा समिति गठन गरिएकाे छ । समितिकाे सभापतिमा  समितिको सभापति शरद रिमाल, उपसभापतिमा  युमी गिरी, विकेन अधिकारी र दिप्ती कँडेल, सचिवमा सिर्जना रेग्मी र शरद घिमिरे, कोषाध्यक्षमा निशा आचार्य, सहसचिव सुस्मिता शर्मा र सदस्यहरूमा देवेन्द्र खत्री, योगेश वनसन्यासी, सोनिका खत्री, सुजन शर्मा, स्मृति भण्डारी र पूर्णिमा शाही रहनुभएको छ । नेविसंघ गैँडाकाेट ५का निवर्तमान सभापति धनराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेका जिल्ला नवलपुरका सह...

कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने

कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् ।सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम...

घनश्याम भुसालले चलाएको गाडी दुर्घटना

घनश्याम भुसालले चलाएको गाडी दुर्घटना
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो। ‘गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस हुनुभएको थियो। अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’ भुसालनिकट गौतम राईले भने। भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुर – नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले ब...

गैंडाकोटमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न

गैंडाकोटमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न
नवलपुर । गैंडाकोट ५ को मातृभूमि टोल विकास संस्थाको आयोजना तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्राविधिक सहयोगमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले मातृभूमि टोल विकास संस्थाको कार्यप्रति प्रशंसाा व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार गोविन्द रिमाल, महालक्ष्मी लाइफ इ...

गैँडाकाेट ५ काे मातृभूमि टोलका महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सुरु

गैँडाकाेट ५ काे  मातृभूमि टोलका महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सुरु
गैंडाकोट । गैंडाकोट ५ को मातृभूमि टोल विकास संस्थाको आयोजना तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्राविधिक सहयोगमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम शुभारम्भ गरिएको छ । सबै महिला दिदीबहिनीको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको भन्दै कार्यक्रमका अध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले सफल सहभागीलाई पुनः दोस्रो चरणमा समावेश गरिने जानकारी समेत दिनुभयो । कार्यक्रममा सल्लाहकार केशवप्रसाद सापकोटा, महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा ...

गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्दै

गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्दै
गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्ने भएको छ । विहान ११ वजेका लागि बोलाइएको नगरसभामा विभिन्न पाँचवटा ऐनहरु पेश गर्ने कार्यसूचि रहेको नगरपालिकाले जनाएको छ । नगर सभामा गैंडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रहरी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको सहकारी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ र गैंडाकोट नगरपालिकाको जलस्रोत विकास ऐन, २०७९ पेश गर्ने कार्यसूची रहेको छ । जलस्रोत विकास ऐन, २०७९ पेश गर...

सालको काठसहित गैँडाकोटबाट तीनजना पक्राउ

सालको काठसहित गैँडाकोटबाट तीनजना पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट २५ क्युफिट अवैध सालको काठसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैँडाकोट ४ का ३२ वर्षका राजु परियार, तनहुँ रिसिङ गाँउपालिका वडा नं. ६ का ३५ वर्षका रविन रानाभाट र बुलिङटार गाउँपालिका वडा नं. १ का ३६वर्षका प्रेम कुमार मगर रहेको नवलपुर प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नं. ४ झपर्दी स्थित सिता रानाभाटको घरको आँगनमा त्रिपालले छोपेर राखेको अवस्थामा काठ सहित उनिहरु पक्राउ परेका हुन् ।काठ ओसारपसारमा सहभागि उनिहरुलाई आवश्यक कारबाहीको ...