×

नवलपुर विशेष

मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन

मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन
गैंडाकोट । पूर्वी नवलपुरको गैँडाकोट ११ हर्कपुरमा रहेको मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरिएको छ । स्कूलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको झल्को दिने गरी मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरेको हो । निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवंम् आफैंले नेतृत्व छनोट गरी व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले निर्वाचन गराईएको स्कूलका प्राचार्य राजेन्द्र पौडेलले बताउनुभयो । स्कुुलका कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थी तथा...

नेपाल बक्सिङ संघ नवलपुरमा महेन्द्रभक्तकाे नेतृत्व

नेपाल बक्सिङ संघ नवलपुरमा  महेन्द्रभक्तकाे नेतृत्व
गैँडाकोट । शुक्रबार एक कार्यक्रमका बिच नेपाल बक्सिङ संघ नवलपरासी ब.सु.पू को पुर्नगठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा महेन्द्रभक्त अधिकारी रहनुभएको छ । त्यस्तैगरी उपाध्यक्षमा दलबहादुर राना, सचिव गोविन्दराज लामिछाने, कोषाध्यक्ष भरत सुबेदी र सदस्यहरुमा क्रमश लक्ष्मण कार्की, भरत सुबेदी, केशव थापा, लक्ष्मी अधिकारी, थानेश्वर चालिसे, हिरादेवी महतो, नगेन्द्र बानिया र उत्सवभक्त अधिकारी रहनुभएको छ । यस अघि सम्पन्न कार्यक्रममा द्धन्द्ध पीडित संघ लुम्विनीका पूर्व संयोजक ना...

गैँडाकोट इङ्लिस स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन , स्कूल हेडमा विलप्व कुंवर विजयी

गैँडाकोट इङ्लिस स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन , स्कूल हेडमा विलप्व कुंवर विजयी
गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका भित्रको पहिलो बालमैत्री तथा बाताबरण मैत्री स्कूल गैँडाकोट इङ्लिस स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरिएको छ । स्कूलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको झल्को दिने गरी मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरेको हो । निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवंम् आफैंले नेतृत्व छनोट गरी व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले निर्वाचन गराईएको स्कूलका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । स्कूलका कक्षा ४ देखि १०...

गैँडाकोटमा जाग्यो रास्वपा : हरेक वडामा कमिटी गठनको तयारी, ७ वडामा सकियो

गैँडाकोटमा जाग्यो रास्वपा : हरेक वडामा कमिटी गठनको तयारी, ७ वडामा सकियो
नारायण पाैडेल गैँडाकोट । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपुरको गैँडाकोटमा आफ्नो सकृयता बढाएको छ । पालिकाको सबै वडाहरुमा कमिटी गठन गर्ने अभियान चलाएको रास्वपाले हालसम्म ७ वटा वडाहरुमा कमिटी गठन गरिसकिएको जनाएको छ ।राष्टिय स्वतन्त्र पार्टी गैँडाकोटका सचिव टिकाराम लामिछानेका अनुसार वडा नं. १,२,५,६,८,१२ र १३ नम्बर वडामा नेतृत्व चुनिएको छ । उनका अनुसार वडा नं १ को सभापतिमा गणेश घिमिरे, उपसभापतिमा लक्ष्मी पोखरेल (पाण्डे) र सचिवमा हरिशरण पोखरेल रहेका छन्...

१८ औँ वर्ष प्रवेशको अवसरमा इमेजद्धारा विशेष छुटको घोषणा

१८ औँ वर्ष प्रवेशको अवसरमा इमेजद्धारा विशेष छुटको घोषणा
चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले १८ औँ वर्ष प्रवेशको अवसरमा विद्यार्थीहरुको लागि भारी छुटको अफर सार्वजनिक गरेको छ । इमेजले १७ वर्ष पार गरि १८ वर्ष प्रवेशको अवसरमा ज्येष्ठ १० गतेदेखि लागुहुने गरि जापनीज भाषा कक्षामा छुट दिने जनाएको हो । इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीका अनुसार ज्येष्ठ मसान्तसम्म इमेजका जनुुसुुकै शाखामा भाषा अध्ययनका लागि पुुग्ने विद्यार्थीहरुले यो सुविधा पाउने छन् । विद्यार्थीहरुको अवस्था हेरेर १० देखि २५ प्रतिशतसम्म...

गैँडाकोटको जयश्रीमा बसले ट्रकलाई ठक्करदिँदा ९ यात्रु घाइते (नाम सहित)

गैँडाकोटको जयश्रीमा बसले ट्रकलाई ठक्करदिँदा ९ यात्रु घाइते (नाम सहित)
गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित जयश्री पुल नजिकै वुधवार साझ साढे ६ वजे यात्रुबाहक बसले ट्रकलाइ ठक्करदिदा बसमा सवार ९ यात्रु घाइते भएका छन् ।पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको ना ६ ख ६८५९ नम्बरको बसले सोहि दिशातर्फ जान आउदै गरेको ना ८ ख ४४४८ नम्बरको क्लीकंर बोकेको ट्रकलाइ ठक्करदिँदा बसमा सवार ८ जना घाइते भएका हुन् । घाइते हु्नेहरुमा गैँडाकोट २ की ५३ वर्षीया साननानी पण्डीत, गैँडाकोट १ की ३४ वर्षीया मोहनीमाया थापा, २८ वर्षीया आरती गिरी, ४२ वर्षीया कुुना थापा, ४७ वर्षीया स...

विद्युत् प्राधिकरण कावासोतीको दुई करोड बक्यौता

विद्युत् प्राधिकरण कावासोतीको दुई करोड बक्यौता
नवलपुर । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता रु दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम रु दुई करोड ५१ लाख भन्दा बढी असुल गर्न बाँकी छ । कार्यालयका इञ्जीनीयर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका पाँच सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ । “तीन महिना नाघेका ग्राहकबाट रु १० हजारदेखि रु १६ लाखसम्म असुल गर्न बाँकी छ” उहाँले भन्नुभयो, “पटक–पटक ताकेता ग...

गैंडाकोटमा फल्यो स्याउ

गैंडाकोटमा फल्यो स्याउ
नवलपुर । गैंडाकोट नगरपालिका वार्ड नम्बर ६ स्थित नमुना शिवनगर खानेपानीको बगैंचामा स्याउ फलेको छ । बगैंचामा चार वर्ष अघि परिक्षणका लागि ३० भन्दा बढी प्रकारका बनस्पति लगाईएको थियो ।जसमा अघिल्लो बर्षबाट नै स्याउ फल्न सुरु भएको हो । गत वर्ष थोरै मात्रामा पातलो स्याउ फलेको थियो । यसपटक भने उत्पादन बढेको नमुना शिवनगर खानेपानी तथा गैंडाकोट ६ का अध्यक्ष सुबास चापागाईले बताए । उनका अनुसार अहिले बोटले धान्नै नसक्ने गरि स्याउ फलेको छ । जलबायु परिवर्तनको असरको कारण तराईको ४५ डिग्री...

संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल
काठमाडौं–संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ।शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०र०८१ नीति तथा कार्यक्रममाथि आइतबारदेखि दुवै सदनमा छलफल शुरु भएको हो। नीति तथा कार्यक्रममाथिको छलफलका लागि सोमबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। छलफलको पहिलो दिन २० सांसदले आफ्नो संशोधन प्रस्तावसहित भाग लिएका थिए।राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् सचिव...