×

चितवन । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले १८ औँ वर्ष प्रवेशको अवसरमा विद्यार्थीहरुको लागि भारी छुटको अफर सार्वजनिक गरेको छ । इमेजले १७ वर्ष पार गरि १८ वर्ष प्रवेशको अवसरमा ज्येष्ठ १० गतेदेखि लागुहुने गरि जापनीज भाषा कक्षामा छुट दिने जनाएको हो ।

इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीका अनुसार ज्येष्ठ मसान्तसम्म इमेजका जनुुसुुकै शाखामा भाषा अध्ययनका लागि पुुग्ने विद्यार्थीहरुले यो सुविधा पाउने छन् । विद्यार्थीहरुको अवस्था हेरेर १० देखि २५ प्रतिशतसम्म छुुटको ब्यवस्था मिलाइएको उहाँले बताउनुुभयो । गौरवमय १७ औँ वर्ष पार गरेको अवसरमा विद्यार्थीहरुको लागि छुटको प्रवन्ध गरिएको बताउँदै यसको लाभ लिन इमेजले अनुरोध गरेको छ ।

गौरबमय १८ औँ वर्ष प्रवेशको अवसरमा इमेजले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सुुभेच्छुक सबैमा कृतज्ञता ज्ञापन गरेको छ । इमेजका निर्देशक सुजिना बुढाथोकीले सबैको साथ र सहयोगले आजका दिनसम्म इमेजले यात्रा तय गरेको भन्दै यसका लागि सबै बधाईको पात्र भएको समेत उल्लेख गर्नुभएको छ ।

विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोकप्रिय बन्न सफल भएको छ । चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।

तपाईको प्रतिक्रिया