गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित जयश्री पुल नजिकै वुधवार साझ साढे ६ वजे यात्रुबाहक बसले ट्रकलाइ ठक्करदिदा बसमा सवार ९ यात्रु घाइते भएका छन् ।पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको ना ६ ख ६८५९ नम्बरको बसले सोहि दिशातर्फ जान आउदै गरेको ना ८ ख ४४४८ नम्बरको क्लीकंर बोकेको ट्रकलाइ ठक्करदिँदा बसमा सवार ८ जना घाइते भएका हुन् ।

घाइते हु्नेहरुमा गैँडाकोट २ की ५३ वर्षीया साननानी पण्डीत, गैँडाकोट १ की ३४ वर्षीया मोहनीमाया थापा, २८ वर्षीया आरती गिरी, ४२ वर्षीया कुुना थापा, ४७ वर्षीया सिमा राना, वर्ष ३८ का निलमणी घिमिरे, भरतपुर १० का ५१ बर्षका पृथ्वी बहादुर गुरुगं, भरतपुर ५ की ३४ वर्षीया मिना न्यौपाने र रौतहट यमुनामाई गाउपालिका वडा ३ का २० वर्षका अनुहारी मंसरी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया