
नवलपुर । गैंडाकोट नगरपालिका वार्ड नम्बर ६ स्थित नमुना शिवनगर खानेपानीको बगैंचामा स्याउ फलेको छ । बगैंचामा चार वर्ष अघि परिक्षणका लागि ३० भन्दा बढी प्रकारका बनस्पति लगाईएको थियो ।जसमा अघिल्लो बर्षबाट नै स्याउ फल्न सुरु भएको हो । गत वर्ष थोरै मात्रामा पातलो स्याउ फलेको थियो । यसपटक भने उत्पादन बढेको नमुना शिवनगर खानेपानी तथा गैंडाकोट ६ का अध्यक्ष सुबास चापागाईले बताए ।
उनका अनुसार अहिले बोटले धान्नै नसक्ने गरि स्याउ फलेको छ । जलबायु परिवर्तनको असरको कारण तराईको ४५ डिग्री तापक्रममा पनि स्याउ फल्ने थाहा पाएपछि परिक्षण गरिएको उनको भनाई छ ।परिक्षण सफल भए व्यवसायीक स्याउ खेती सुरु गरिने उनको भनाई छ । बगैंचामा तराईमा नपाइने विभिन्न ३० भन्दा बढी बनस्पति परिक्षणको लागि लगाइएको छ ।