×

चितवन सेरोफेरो

फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा हुँदै

फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा हुँदै
चितवन । फेन्सी व्यवसायीहरूको राष्ट्रिय स्तरको छाता संगठन गठन गर्ने उद्देश्यसहित देशभरका फेन्सी जिल्ला संघहरूको राष्ट्रिय भेला आउँदो जेठ २३ र २४ गते चितवनमा आयोजना हुने भएको छ। महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेलले उक्त जानकारी दिनुभयो। उहाँका अनुसार भेलामा देशभरका फेन्सी व्यवसायी संघहरूको व्यापक सहभागिता रहनेछ। भेलामा महासंघ गठनसम्बन्धी आवश्यक छलफल, विधान निर्माण, संगठनात्मक संरचना निर्धारण तथा भावी कार्यदिशाबारे विस्तृत ब...

‘सीएमसी हेटौंडा’ अस्पताल शिलान्यास, एक वर्षभित्र सञ्चालन लक्ष्य

‘सीएमसी हेटौंडा’ अस्पताल शिलान्यास, एक वर्षभित्र सञ्चालन लक्ष्य
चितवन-  चितवन मेडिकल कलेज ले मकवानपुरको हेटौंडा मा नयाँ अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ। उपमहानगरपालिका–४ मा निर्माण हुने ‘सीएमसी हेटौंडा’ नामक अस्पतालको औपचारिक शिलान्यास सम्पन्न भएको हो।करिब २ अर्ब रुपैयाँ लागतमा बन्ने यस अस्पताल एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। करिब १९ कठ्ठा क्षेत्रफलमा फैलिने भवनमा प्रारम्भिक रूपमा १०० शय्याको व्यवस्था हुनेछ। अस्पतालमा आकस्मिक सेवा, सिटी स्क्यान, सघन उपचार कक्ष (ICU), नवजात शिशु सघन उपचार (NICU), बाल सघन उपचार (PIC...

गैंडाकोटमा ‘OCEM SEE Fest 2026’ आयोजना हुने

गैंडाकोटमा ‘OCEM SEE Fest 2026’ आयोजना हुने
नवलपुरको गैंडाकोट–२ स्थित अक्सफोर्ड सेकेन्डरी स्कूल/अक्सफोर्ड कलेजले ‘OCEM SEE Fest 2026’ आयोजना गर्ने भएको छ। SEE परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रम वैशाख २२, २३ र २४ गते सञ्चालन हुने आयोजकले जनाएको छ। “आवर भिजन इज टु सर्भ योर मिसन” भन्ने नारासहित हुन लागेको महोत्सवमा SEE दिएका विद्यार्थी तथा उनीहरूका साथीहरूलाई सहभागी हुन आह्वान गरिएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूलाई मनोरञ्जनसँगै सिकाइ, नेटवर्किङ र प्रतिभा प्रदर्शनको अवसर प्र...

ज्ञानदेखि व्यवहारसम्म: आरम्भ कलेजको अनुसन्धान तालिम प्रभावकारी

ज्ञानदेखि व्यवहारसम्म: आरम्भ कलेजको अनुसन्धान तालिम प्रभावकारी
चितवन - उच्च शिक्षा र अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित आरम्भ कलेजले आयोजना गरेको तीन दिने अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम उत्साहजनक सहभागिताबीच सफलतापूर्वक सम्पन्न भएको छ। युनिभर्सिटी ग्रान्ड कमिसनको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा देशभरका १५ भन्दा बढी निजी तथा सामुदायिक शैक्षिक संस्थाबाट ३५ भन्दा बढी प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागिहरूको उत्साहले कार्यक्रमलाई अझ प्रभावकारी र जीवन्त बनाएको थि...

युनिक्याम्पस ग्लोबल चितवनको नयाँ कार्यालय उद्घाटन, सेवा विस्तारको घोषणा

युनिक्याम्पस ग्लोबल चितवनको नयाँ कार्यालय उद्घाटन, सेवा विस्तारको घोषणा
चितवनमा विगत २५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आएको युनिक्याम्पस ग्लोबल चितवनले नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ। उच्च शिक्षाका लागि स्वदेश तथा विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीको विश्वास जित्दै आएको संस्थाले आइतबार लायन्सचोकस्थित जोशी भवनमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको हो। नयाँ कार्यालयको उद्घाटन संस्थाका अध्यक्ष जीवन केसीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शैक्षिक परामर्श सेवामार्फत विद्यार्थीलाई अन्...

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
चितवन- सरकारले लगानी गरेको यहाँका सामुदायीक विद्यालयको नतिजा दयनीय देखिएको छ । हालै सार्वजनिक कक्षा ८ को नतिजामा प्रगति हुन नसकेकोे हो ।भरतपुर महानगरपालिका, शिक्षा महाशाखा प्रमुख सुवाष आचार्यका अनुसार कक्षा ८ मा सामुदायिक विद्यालयतर्फको उत्तीर्ण प्रतिशत ३९ दशमलव ०१ प्रतिशत मात्र छ । निजी विद्यालयहरुको प्रतिशत ७० दशमलव ३२ प्रतिशत छ । समग्रमा उत्तीर्ण प्रतिशत ५६ दशमलब ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षका तुलनामा समग्रमा छ प्रतिशत घटेको हो । सामुदायीक विद्यालयमा तीन प्रतिशतले ...

बैशाख १५ अघि कुनै पनि शैक्षिक गतिविधि नगर्न भरतपुर महानगरपालिकाको निर्देशन

बैशाख १५ अघि कुनै पनि शैक्षिक गतिविधि नगर्न भरतपुर महानगरपालिकाको निर्देशन
भरतपुर । भरतपुर महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै विद्यालय (मन्टेसरीसमेत) लाई शैक्षिक सत्र २०८३ को कक्षा सञ्चालन बैशाख १५ गतेदेखि मात्रै सुरु गर्न निर्देशन दिएको छ। महानगरले शैक्षिक गतिविधिमा एकरूपता कायम गर्ने उद्देश्यले यस्तो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ। नगर शिक्षा समिति, भरतपुर महानगरपालिकाको निर्णय तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्देशनअनुसार जारी सूचनामा बैशाख १५ गतेअघि कुनै पनि विद्यालयले विद्यार्थी भर्ना, प्रवेश परीक्षा सञ्चालन, नतिजा प्रकाशन वा ...

चितवनमा सहचालकले बस व्याक गर्ने क्रममा ठक्कर दिँदा बालकको मृत्यु

चितवनमा सहचालकले बस व्याक गर्ने क्रममा ठक्कर दिँदा बालकको मृत्यु
भरतपुर- चितवनमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ। गयराति अन्दाजी ११ बजेको समयमा भरतपुर महानगरपालिका–३, नगरवन मार्गमा बा.प्र.०६–००१ ख ०४९२ नम्बरको बस सहचालकले पार्किङका लागि ब्याक गर्ने क्रममा एक बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। छातीमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार मृतक भारत, अमरावती जिल्ला, अन्जनगाउँ निवासी प्रेम...

उत्कृष्ट कार्यसम्पादन गर्दै रत्ननगर पहिलो, राप्ती सबैभन्दा कमजोर

उत्कृष्ट कार्यसम्पादन गर्दै रत्ननगर पहिलो, राप्ती सबैभन्दा कमजोर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्याङ्कनमा चितवन जिल्ला का स्थानीय तहबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको छ। मूल्याङ्कनमा रत्ननगर नगरपालिका ७६.२२ अङ्कसहित पहिलो स्थानमा उक्लिएको छ। यसैगरी इच्छाकामना गाउँपालिका ७४.३२ अङ्कसहित दोस्रो र भरतपुर महानगरपालिका ६८.०२ अङ्कसहित तेस्रो स्थानमा रहेका छन्। अन्य पालिकाहरूमा माडी नगरपालिका ६७.१०, खैरहनी नगरपालिका ६५.०९, कालिका नगरपालिका ६४.५० र राप्ती नगरपालिका ३६.२० अङ्कसहित क्रमशः पछिल्...