×

चितवन सेरोफेरो

चितवनमा कोरोनाले थप ११ जनाको मृत्यु

चितवनमा कोरोनाले थप  ११ जनाको मृत्यु
  चितवन मेडिकल कलेजमा गत २४ घण्टामा ११ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । कलेजले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतकहरुमा पाँच पुरुष र ६ महिला रहेका छन् । त्यसैगरी अस्पतालको आईसीयूमा १४८ र भेन्टिलेटरमा ३४ बिरामीको उपचार भइरहेको छ । विगत २४ घण्टामा १५ जना बिरामी डिस्चार्ज भएको अस्पतालले जनाएको छ । आजसम्म अस्पतालमा ११२ जनाको मृत्यु भएको छ भने ३५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । विगत २४ घण्टामा २४ जना नयाँ बिरामी उपचारको लागि अस्पताल भर्ना भएको कल...

चितवनको क्यान्सर अस्पतालले १४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्दै

चितवनको क्यान्सर अस्पतालले १४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्दै
चितवन ।  भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने भएको छ । कोभिड बिरामीको उपचारका लागि क्यान्सर अस्पतालले १४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्दै छ । आइतबारबाट कोरोना संक्रमित बिरामीको भर्ना लिन सुरु गर्ने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमले जानकारी दिए । हाल चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा मात्रै कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको...

सात किलो गाँजा सहित चितवनमा एक युवा पक्राउ

सात किलो गाँजा सहित चितवनमा एक युवा पक्राउ
चितवन । अवैध लागुऔषध गाँजा सहित चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ६ मुडाभार बस्ने २५ वर्षका चेत बहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका डिएसपी सरोज गिरीले घर्ती मगरको साथबाट ७ किलो २०० ग्राम गाँजा बरामद गरिएको जानकारी दिए । लागु औषध गाँजा बेचबिखन गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरी अधिकृत सहितको टोलीले उनकै कोठाबाट गाँजा बरामद गरेको जनाएको छ ।

चितवनमा आज एकै दिन ११ कोरोना संक्रमितको मृत्यु

चितवनमा आज एकै दिन ११ कोरोना संक्रमितको मृत्यु
भरतपुर । चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा ११ कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र कलेज अफ मेडिकल साइन्सेस मा ३ जनाको मृत्यु भएको हो । विगत २४ घण्टामा विभिन्न अस्पतालहरुमा ४२ जना डिस्चार्ज भएका छन् भने आईसीयूमा २४८ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४५५ ...

विरामीलाई हौसला प्रदान गर्न रत्ननगरका मेयर कोरोना संक्रमितकाे घरमा

विरामीलाई हौसला प्रदान गर्न  रत्ननगरका मेयर  कोरोना संक्रमितकाे घरमा
रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई भेटगरी औैषधि र हौसला प्रदान गर्ने कामको सुभारम्भ गरेका छन् । मेयर वनले घरघरमा पुगेर संक्रमितलाई रोगप्रतिरोधात्मक औषधि र आत्मबल बढाउन हौसला प्रदान गर्ने कामको सुभारम्भ गरेका हुन । मंगलवार वडा नं १० बाट सुरु संक्रमितलाई भेट्ने र औषधि वितरण गर्ने काम सुरु गरिएको छ । मेयर वनले पहिलो दिन वडा नं १० र १ मा होम आइसोलेशनमा रहेका संक्रमितलाई भेट गरी औषधि वितरण गर्नुका साथै हौसला प्रदान गरेका हुन् । ...

चितवनमा १० जना कोरोना संक्रमितको मृत्यु

चितवनमा १० जना कोरोना संक्रमितको मृत्यु
भरतपुर । चितवनका अस्पतालहरुमा पछिल्लाे २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)  मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो । त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालका आईसीयूमा २४० जना, भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । योसँगै चितवनका सबै अस्पतालहरुमा ४३० जना कोरोना संक्रमितह...

पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामग्री सहयोग

पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामग्री सहयोग
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखालाई विभिन्न संघ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेटशनल ३२५ बी टुले आज माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका हुन् । तीन वटै संस्थाले एक एक सय थान माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका छन् । उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले आज संघको कार्यालयमा आयोजित संक्षित कार्यक्रममा महासंघका अध्यक्ष नाराय...

चितवनका अस्पतालमा हेलिकोप्टरबाट ल्याउन थालियो कोरोना संक्रमित

चितवनका अस्पतालमा हेलिकोप्टरबाट ल्याउन थालियो कोरोना संक्रमित
रासस चितवन । काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा कोरोना संक्रमितहरू ल्याउन थालिएको छ।चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो। जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ।यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ। ...

चितवनमा रेम्डेसिभिरको कालोबजारी, एक भाइलको ३५ हजार रुपैयाँ !

चितवनमा रेम्डेसिभिरको कालोबजारी, एक भाइलको ३५ हजार रुपैयाँ !
चितवन । कोरोना संक्रमित बढेसँगै चितवनमा ‘रेम्डेसिभिर’को कालोबजारी हुन थालेको छ।कोरोना संक्रमितका आफन्तले सघन उपचार गराइरहेका बिरामीका लागि उपयोगी हुने भनिएको औषधी रेम्डेसिभिर कालोबजारबाट खरिद प्रयोग गर्दै आएको खुलेको छ। औषधि व्यवस्था विभागले एक हप्ताको अवधिमा २२२ भाइल रेम्डेसिभिर चितवन पठाएको उल्लेख गरेको छ। यहाँको चितवन मेडिकल कलेजलाई १०२, पुरानो मेडिकल कलेजलाई ४८ र भरतपुर अस्पताललाई दुई पटकमा गरेर ७२ भाइल रेम्डेसिभिर पठाएको विभागको सूचनामा उल्लेख छ।तर, गम्भीर अवस्थाका को...