कांग्रेस नेता खनाल मार्फत चेपाङ परिवारलाई खाद्यान्न उपलव्ध गराउन आर्थिक सहयोग
चितवन । नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाले चितवनको कालिका नगरपालिकामा बसोबास गर्ने चेपाङ परिवारलाई खाद्यान्न उपलव्ध गराउन आर्थिक सहयोग गरेको छ ।नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाका अध्यक्ष उदय दुरा मार्फत आएको ५० हजार रुपैँया सोमबार नेपाल तरुणदल कालिका नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नेपाली काग्रेसका महासमिति सदस्य तथा युवा नेता राजेश्वर खनाललाई प्राप्त भएको रकम एक कार्यक्रमका विच नेपाल तरुणदल कालिका नगरपालिकाका अध्यक्ष कमलराज मुक्तानलाइ हस्तान्तरण गरिएको हो ।...


