×

चितवन। भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनमा रोक लगाईएको छ । समाचार संकलन गर्न कार्यक्रमस्थल बाहिर पुगेका पत्रकारलाई भित्र पस्न रोक लगाईएको हो ।चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले आज नेपाल पत्रकार महासंघ चितवन शाखालाई ध्यानाकर्षण पत्र पठाई उक्त घटनाको भत्र्सना गर्नुभएको छ ।

पत्रमा महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले चितवन पोष्टका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थल बाहिरबाटै फर्काईएको जनाईएको छ । पत्रमा अगाडि भनिएको छ “स्वतन्त्र र निर्भिक पत्रकारिता विरुद्धमा जिम्मेवार व्यक्तिबाट भएको यस्तो कदमको हामी घोर भत्र्सना गर्दछौं ।” पत्रमा यस सम्बन्धमा आवश्यक कारवाही गर्न महासंघलाई अनुरोध समेत गरिएको छ ।महासंघलाई प्रेषित पत्रको बोधार्थ प्रेस चौतारी नेपाल चितवन, नेपाल प्रेस युनिनयन चितवन र प्रेस सेन्टर चितवनलाई दिईएको छ ।

तपाईको प्रतिक्रिया