चितवन ।  चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिले नियमविपरीत दसैंँ खर्चसमेत लिएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा गाउँसभाका सदस्यहरु गरी ३८ जना पदाधिकारीले मासिक सुविधाबाहेक दसैँ खर्च भनी ४ लाख ९२ हजार ३० रूपैयाँ लिएको महालेखाको लेखापरीक्षणले देखाएको छ । अध्यक्ष गीता कुमारी गुरुङले रु ३० हजार उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रु २५ हजार वडाध्यक्षहरुले २०/२० हजार,कार्यपालिका सदस्यले ६/६ हजार र गाउँसभाका सदस्यहरुले ५।५ हजार लिएका छन।

यसैबिच स्थानीय निकाय स्रोत परिचालन निर्देशिकाविपरीत स्थानीय निकायको परिषदबाट स्वीकृतिसमेत नलिई कार्यपालिका तथा सभाका सदस्यलाई १३ महिना तलब भनी १९ लाख ६३ हजार रूपैयाँ दिएको देखिन्छ । उक्त खर्च नियमसम्मत नभएको महालेखाले जनाएको छ ।

प्रतिवेदनअनुसार ऐनमा व्यवस्था नै नभएको अवस्थामा समेत गाउँपालिकाका पदाधिकारी तथा सदस्यले सुविधाबापत २१ लाख ७५ हजार रूपैयाँ लिएका छन् । सोमध्ये बैठक भत्तामा मात्रै ७ लाख ७५ हजार ५०० रूपैयाँ खर्च भएको छ ।

तपाईको प्रतिक्रिया