चितवन–जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक एसपी ओमप्रसाद अधिकारी चढेको गाडी दुर्घटनामा परेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको निरीक्षण गरेर फर्किने क्रममा एसपी सवार बा २ झ ३४७२ नम्बरको भ्यान आज शुक्रबार अपरान्ह गाइघाटमा दुर्घटनामा परेको प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार एसपीसहित दुर्घटनामा परेका ६ जनाको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको उनले बताए ।

वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्ने गरेकाले सो स्थान र जीर्ण पूलको अवस्था बारे निरीक्षण गर्न आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसहितको टोली मुग्लिनसम्म पुगेको थियो । फर्कने क्रममा विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६०११ नम्वरको ट्रकले ठक्कर दिएको थियो ।ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया