×

चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहिवार अन्दाजी २५–३० वर्षको भाले गैँडा मरेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर यस घटना भएको निकुञ्जको अनुमान छ । मरेको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो। योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८र७९ मा तीन वटा भाले गैँडा मरेका छन्।

चितवनकाे माडीमा भालुको आक्रमणबाट एकजनाको मृत्यु

चितवनकाे माडीमा भालुको आक्रमणबाट एकजनाको मृत्यु
चितवन । माडीको पाण्डवनगरमा भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको  भालुको आक्रमणमा परी ज्यान गएको हो । बुधबार साँझ करीब ७ बजे घरबाट निस्किएका उनी राती घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहीबार बिहान माडी १, द्रौपतिनगरस्थित देउता खोलाको किनारमा शव भेटिएको हो । मृतकको बायाँ आँखामाथि ठूलो चोट र बायाँ खुटटा र अन्य ठाउँमा सामान्य चोट लागेको देखिएकाले प्रहरीले भालुको आक्रमणमा परेको निक्र...

चितवनमा युवकको शव फेला, नजिकै भेटियो गोलीको खोका

चितवनमा युवकको शव फेला, नजिकै भेटियो गोलीको खोका
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ ।डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन ।मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प...

भरतपुरमा नहरमा डुबेर दुई बालकको मृत्यु

भरतपुरमा नहरमा डुबेर दुई बालकको मृत्यु
चितवन – भरतपुरमा नहरमा डुबेर दुई बालकको मृत्‍यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको नहरमा डुबेर सोही ठाँउका १६ बर्षिय अंकित जोशी र १४ बर्षिय विवेक शर्माको मृत्‍यु भएको हो । आज ४ बजेको समयमा क्रिकेट खेली नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेको र उनलाई बचाउन जाने क्रममा अंकित समेत नहरमा डुबी बेपत्ता भएका थिए । उनिहरुलाई डुबेको स्थान देखि २०० मिटर पर नहरबाट उद्दार गरी उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्...

चितवनकी सुजिता भण्डारीको देवघाटमा दाहसंस्कार

चितवनकी सुजिता भण्डारीको देवघाटमा दाहसंस्कार
चितवन ।   मृतावस्थामा फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको अन्त्येष्टी गरिएको छ ।आज सोमबार देवाघाटमा परिवारले सुजिताको दाहसंस्कार गरेका हुन् । सुजिताको बुवाले आँशु पुछ्दै सुजितालाई दागबत्ती दिए । दाहसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सुजिताको शव परिवारले आजमात्र बुझेको हो । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बुझेको हो । काठमाडौंबाट शव बुझेपछि चितवनतर्फको देवघाटमा ल्याएर अन्त्येष्टी गरिएको हो । ...

चितवनमा माधव नेपालको पुत्ला दहन !

चितवनमा माधव नेपालको पुत्ला दहन !
राष्ट्रिय युवा संघ नेपाल कालिकाद्वारा आज राती अगाडी नेकपाका नेता माधवकुमार नेपालको पुत्ला दहन गर्दै र्याली तथा नाराबाजी सहित कोणसभा गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कालिकाको आयोजनामा पुर्बी चितवनको खोलेसिमल बजारमा  बिरोध र्याली पछी नेकपाका नेता माधवकुमार नेपालको पुत्ला दहन गरेका थिए । आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गरि नेपाली काङ्ग्रेसलाई समर्थन गर्ने गद्दार नेता नेपाल अब एमाले हुन नसक्ने भन्दै युवाहरूले चर्को नाराबाजी समेत गरेका थिए । सो कार्यक्रम रा...

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु
चितवन। चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।रत्ननगर नगरपालिका-११ स्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार दिउँसो न्यूरो टिप्न गएका सोही ठाउँका ७५ बर्षिय रोहिका कुमाललाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट गम्भीर घाईते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

ट्यांकरको ठक्कर बाट मोटरसाईकलमा सवार युवती गम्भिर घाईते

ट्यांकरको ठक्कर बाट मोटरसाईकलमा सवार युवती गम्भिर घाईते
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वि चितवनको खैरहनीमा आज सांझ भएको सवारी दुर्घटनामा परी एक युवती गम्भिर घाईते भएकी छन् । ईलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ८ ख ३०२४ नम्वरको ट्यांकरले सोहि दिशा तर्फ जादै गरेको ना ४४ प ५१२२ नम्वरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते हुनेमा मोटरसाईकलमा सवार खैरहनी १० चितवन निवासी अन्दाजी २२ ÷२३ बर्षिया सृजना चौधरी रहेकी छन् । घाईते लाई उपचारको लागी भ...

दुई करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ

दुई करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा रु दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु दुई करोड ५६ लाख जरिवाना तोकेको थियो । चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टो...