×

सुस्मा न्याैपाने

चितवन । समाचारको माध्यमबाट संरक्षणमा योगदान पुर्याएको भन्दै चितवनका २ पत्रकारलाई सम्मान गरिएको छ । विश्व बाघ दिवशको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा आयोजित कार्यक्रममा विविसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेललाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पत्रकारद्धय जोशी र पौडेललाई नगद १० हजार रुपैँया सहित खादा र सम्मानपत्रले सम्मान गरेका हुन् ।पत्रकार जोशी र पौडेल चितवनमा लामो समयदेखि पत्रकारितामा कृयाशिल छन् ।
सो अवशरमा संरक्षणमा विभिन्न  क्षेत्रबाट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

यसैगरी चितवन निकुञ्जले बन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारका आश्रीत २० जना बालबालिकाहरुलाई आजै छात्रवृति सहित नगद रकम उपलव्ध गराएको छ ।निकुञ्ज आसपासका क्षेत्रका २० जना विद्यार्थीहरुलाई नगद ८ हजार रुपैँया र स्टेशनरी छात्रवृतिको रुपमा उपलव्ध गराइएको हो ।

कार्यक्रममा मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुगांना चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल,राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका प्रमुख बाबुराम लामिछाने , निकुन्जका सहायक संरक्षण अधिकृत लाेकेन्द्र अधिकारी लगायतले बाघ संरक्षणका सम्वन्धमा धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया