×

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा लागु औषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर ११ की सानु तामाङ रहेकी छन् । प्रहरीले तामाङलाई लागु औषध खरिदविक्रि गरेको सुचनाको आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले तामाङलाई खोजतलास गरेका थिए । तामाङको शरीर तथा घर कोठामा रितपुर्वक खानतलासी गर्दा उनले लगाएको सुरुवालको बाँया खल्तीबाट प्रहरीले लागु औषध फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तामाङको खल्तीबाट डाईजेपाम ९ एम्पुल, ९ एम्पुल, फेनरागन ब्युप्रिनोर्फिन ९ एम्पुल फेला पारेको थियो भने तामाङको दराजमा जुत्ताभित्र लुकाएर राखेको अवस्थामा १८ एम्पुल लागुऔषध फेला पारेको थियो ।

तपाईको प्रतिक्रिया