×

चितवन सेरोफेरो

१६५ चेपाङ बालबालिकाका ‘बा’ अर्थात् केपीकिरण

१६५ चेपाङ बालबालिकाका ‘बा’ अर्थात् केपीकिरण
चितवन । शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि चितवनका एक व्यक्तिले चेपाङ समुदायका १६५ बालबालिकालाई पाल्दै पढाउँदै गरिरहेका छन् । रत्ननगर नगरपालिका–१३ सुब्बाचोक निवासी केपीकिरण शर्माले सोही नगरपालिकाका वडा नं ११ मङ्गलपुरमा गामबेँसीको चेपाङ संरक्षण केन्द्र खोलेर बालबालिकालाई पालनपोषण र पढाउँदै आएका छन् । चितवन, धादिङ र मकवानपुरका ग्राम...

चितवनमा सक्रिय कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघ्यो

चितवनमा सक्रिय कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघ्यो
चितवन  । जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको सङ्क्रमित यही साउन १४ मा आइपुग्दा बढेर दुई हजार ३० पुगेको हो । कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।असार लागेसँगै घट्दै गएको सङ्क्रमि...

पत्रकार ईश्वर जोशी र रमेशकुमार पौडेल नगद सहित सम्मानित

पत्रकार ईश्वर जोशी र रमेशकुमार पौडेल नगद सहित सम्मानित
सुस्मा न्याैपाने चितवन । समाचारको माध्यमबाट संरक्षणमा योगदान पुर्याएको भन्दै चितवनका २ पत्रकारलाई सम्मान गरिएको छ । विश्व बाघ दिवशको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा आयोजित कार्यक्रममा विविसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पत्रकारद्धय जोशी र पौडेललाई नगद १० हजार रुपैँया सहित खादा र सम्मानपत्रले सम्मान गरे...

चितवन, गैंडाकोट र तनहुँको देवघाटमा आज ९ बजेदेखि २ बजेसम्म विद्युत अवरुद्ध हुने

चितवन, गैंडाकोट र तनहुँको देवघाटमा आज ९ बजेदेखि २ बजेसम्म विद्युत अवरुद्ध हुने
चितवनमा आज बिहिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अबरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि विद्युत अबरुद्ध गर्न लागिएको हो । भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा विद्युत सेवाा अवरुद्ध हुनेछ । यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षेत्रमा पनि विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । समयभन्दा छिट्टै काम सम्पन्न भएमा पनि तोकिएको समय अगावै वि...

पढ्नका लागि चितवन झरेका घिमिरे २५ करोडको मालिक

पढ्नका लागि चितवन झरेका घिमिरे २५ करोडको मालिक
गोरखा जिल्लाबाट पढ्नका लागि चितवन झरेका आनन्द अहिले २५ करोड रुपैयाँ भन्दा बढीको मालिक बनेका छन् । गोरखाको पालुङटार–२ मा जन्मिएका घिमिरे उच्च शिक्षा अध्ययनका लागि भन्दै विसं २०५० मा मधेस झरेका थिए । पाँच दाजुभाइ र तीन दिदीबहिनी भएका घिमिरे २०३२ भदौ ५ गते जन्मिएका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पढेको गोरखाको अमरज्योति माध्यमिक विद्यालय लुईँटेलबाट प्रवेशिका उत्तीर्ण गरी घिमिरे २०५० मा मधेस झरेका हुन् । अध्ययनका लागि उनी चितवनको नारायणगढस्थित बालकुमारी कलेजमा व्यवस्थापन...

चितवनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी

चितवनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी
चितवन । बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो । कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताउनुहुन्छ । “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ...

अण्डाको मूल्य अहिलेसम्मकै उच्च

अण्डाको मूल्य अहिलेसम्मकै उच्च
काठमाण्डौ - निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । गएको वैशाखको पहिलो हप्ताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्य समेत बढेको छ । निषेधाज्ञाका समयमा तीन हप्ता ब्रोइलर चल्लाको बिक्री शून्य भएकाम...

चितवनबाट लागुऔषध कारोबारी गुरुङ पक्राउ, बरामद एक किलो कोकिनको मूल्य तीन करोड पर्ने

चितवनबाट लागुऔषध कारोबारी गुरुङ पक्राउ, बरामद एक किलो कोकिनको मूल्य तीन करोड पर्ने
चितवन । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा नगरपालिका–५ का सुरज गुरुङ छन्। गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए । पक्राउ परेका सुरज कारोबारीका मुख्य व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार कोकिन दक्षिण अमेरिकन मुलुकबाट नेपाल तस्करी हुँदै ...

कारितास नेपाल गैँडाकोटद्धारा ६ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

कारितास नेपाल गैँडाकोटद्धारा ६ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग
गोविन्द घिमिरे गैँडाकोट । कारितास नेपाल क्षेत्रीय कार्यालय गैँडाकोटले चितवनको शिवनगर कोभिड अस्पताललाई ६ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले कोभिड अस्पताललाई अक्सीजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सीमिटर ४ थान, सर्जिकल मास्क १४३ पोका, र स्यानेटाईजर ४३ थान सहयोग गरेको हो । यी स्वास्थ्य सामाग्रीको मुल्य ६ लाख १२ हजार ८ सय ८३ रुपैयाँ बराबरको रहेको कारितास नेपालले जनाएको छ । कारितास नेपालका क्षेत्रीय प्रमुख शंकर कुमार पौडेलको अध्यक्षता भएको स्वास्थ्य समाग्री हस्...