देवघाटमा पौडी खेल्न गएका भरतपुरका रंजन आचार्यको नदीमा डुबेर मृत्यु
चितवनमा पौडी खेल्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउसो ३:३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं १ देवघाट स्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका वडा नं १० बस्ने २७ बर्षीय रंजन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
रंजनका साथीहरुले नदिमा डुबेको देखेपछि उनलाई तत्काल उद्दार गरेका थिए । उनलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको थियो । अस्पतालले दिउँसो ४ : १५ बजे मृत घोषणा गरेको प्रहर...


