×

चितवन सेरोफेरो

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, ५५ बिरामी विभिन्न अस्पतालमा

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, ५५ बिरामी विभिन्न अस्पतालमा
भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा मकवानपुरका एक कोरोना संक्रमितको मृत्यु भएको हो । आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या ४१७ जना पुगेको छ । अहिले चितवनका विभिन्न अस्पतालमा ५५ जना कोरोनाका बिरामीले उपचार गराइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये आईसीयूमा १७ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा पाँच जना र जेनरल बेडमा ३३ जना रहेका छन् ।  

पशुपतिमा बाबालाई ‘गाँजा निकाल’ भन्दै खुकुरी हानेको आरोपमा भरतपुरका लामिछाने पक्राउ

पशुपतिमा बाबालाई ‘गाँजा निकाल’ भन्दै खुकुरी हानेको आरोपमा भरतपुरका लामिछाने पक्राउ
चितवन । पशुपतिमा बाबालाई खुकुरी हानेको आरोपमा भरतपुरका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।आज बिहान प्रहरीले काठमाडौंको हेपाली हाइटबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । चितवनको भरतपुर महानगरपालिका जगतपुर नयाँ बस्ती घर भएका लामिछाने गत सोमबार बिहान पशुपतिमा एक बाबामाथि खुकुरी प्रहार गरी भागेको आरोप छ । पशुपति बस्दै आएका सन्तोष बाबालाई विश्वरूपा जाने बाटो छेउको झाडीमा खुकुरी प्रहार भएको ...

१ लाख ७० हजारमा ‘नक्कली सर्टिफिकेट’ खरिद : चितवनका २ सहित ३ जना पक्राउ 

१ लाख ७० हजारमा ‘नक्कली सर्टिफिकेट’ खरिद : चितवनका २ सहित ३ जना पक्राउ 
अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ किनेर दूतावासमा पेश गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । युएस डाइभर्सिटी भिसा २०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा प्लस टुको नक्कली सर्टिफिकेट पेश गर्ने र बनाउनेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । पक्राउ पर्नेमा सर्टिफिकेश पेश गर्ने चितवन घर भएका नविन दराई, रौतहटका शिव रोका र फर्जी सर्टिफिकेट बनाइदिने चितवन घर भएका जीवन कार्की छन् । जीवन कार्कीले नविन दराईसँग १ लाख ७० हजार लिएर सर...

र्‍यापर हस्ट्लरले ल्याए ‘चितवनबाट’ ( भिडिओ सहित )

र्‍यापर हस्ट्लरले ल्याए ‘चितवनबाट’ ( भिडिओ सहित )
चितवन – र्‍यापर हस्ट्लर गोविन्दले ‘चितवनबाट’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीत मंगलबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । नारायणगढस्थित चुल्हो रेष्टुरेन्टमा एक कार्यक्रमकाबीच उक्त गीत प्रिमियर गरिएको हो। गीतको भिडियोमा चितवनको सौन्दर्यतालाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । उक्त गीतमा चितवनबाट संघर्ष गर्दै सफलता चुमेका कलाकार तथा संगीतकर्मीहरुलाई पनि प्रस्तुत गरिएको छ । उनीहरुको संघर्षको कथालाई गीतको माध्यमबाट देखाउन खोजिएको छ । प्रिमियर कार्...

नारायणी बहुप्राविधिक शिक्षालयद्धारा गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रयास

नारायणी बहुप्राविधिक शिक्षालयद्धारा गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रयास
चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी अन्तर्गत चितवनको भरतपुरमा सञ्चालित नारायणी बहुप्राविधिक शिक्षालयले गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षालय सन्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रक्रिया पूरा गरेर मात्र प्रशिक्षक नियुक्त गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी सो शिक्षालय सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था छ । तर, शिक्षालयका प्रमुख ईश्वरचन्द्र घिमिरेले आफ्नै अध्यक्षताम...

चितवनका थारु समुदायमा जितियाको रौनक, आज निराहर ब्रत बसेर जितिया मनाउँदै

चितवनका थारु समुदायमा जितियाको रौनक, आज निराहर ब्रत बसेर जितिया मनाउँदै
चितवन–चितवनका थारु महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् ।थारु समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया पर्व धुमधामका साथ मनाउन लागिएको हो । विहान भाले नबास्दै दर खाएका थारु महिलाहरु आज विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् । तीन दिन...

चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व, पौडेल पक्ष हाबी

चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व, पौडेल पक्ष हाबी
चितवन–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ । आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गर्नुभएको हो । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याउनुभएको छ । यस्तै महानगरको उपसभापतिमा बु...

कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी

कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी
मुग्लिन ।  चितवनको इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिद्धन्दी विष्णुकुमार कुँवरलाई ४ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कुल मत मध्ये ६६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । प्रतिद्धन्दी कुँवरले ६२ मत प्राप्तु गर्नुभयो ।

रत्ननगरको नगर सभापति चयनका लागि विहान ८ वजेपछि मतदान हुँदै

रत्ननगरको नगर सभापति चयनका लागि विहान ८ वजेपछि मतदान हुँदै
चितवन । नेपाली कांग्रेस रत्ननगर नगरसमितिको नयाँ नेतृत्व चयनका लागि आज विहान ८ वजेपछि मतदान हुँदैछ ।  मतदान अधिकृत धर्म वाग्लेले दुई उम्मेवार विच छलफल गरेरै आज विहान ८ वजेपछि मतदान गर्ने सहमती भएकाे बताउनु भयाे ।  रत्न्नगरको सभापतिको लागि वर्तमान सभापति रुपनराज घिमिरे र प्रल्लाद सापकोटाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।