×

चितवन सेरोफेरो

चितवन मेडिकल कलेजको चरम लापरबाही:  ‘अनुमति नै नपाएका डाक्टरले कलेजो प्रत्यारोपण गर्दा बिरामीको मृत्यु’

चितवन मेडिकल कलेजको चरम लापरबाही:  ‘अनुमति नै नपाएका डाक्टरले कलेजो प्रत्यारोपण गर्दा बिरामीको मृत्यु’
चितवन । शल्यक्रियाको अनुमति नै नपाएका चिकित्सकले कलेजो प्रत्यारोपण गर्दा भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक बिरामीको ज्यान गएको छ । पीडित परिवारले मेडिकल कलेज र त्यहाँ कार्यरत चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिल, मानव अंग प्रत्यारोपण समन्वय समिति र जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिएका छन् । भरतपुर– ६ का बोधराज पौडेलको गत ६ असोजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका छोरा प्रसन्नले अनुमति नै नपाएका डाक्टरले प्रत्यारोपण गरेको भन्दै उजुरी गरेका हुन् । डा। सञ्जयकु...

कांग्रेस चितवनको सभापतिमा खनालको उमेदवारी घोषणा

कांग्रेस चितवनको सभापतिमा खनालको उमेदवारी घोषणा
चितवन – नेपाली कांग्रेस चितवनको सभापतिमा महासमिति सदस्य राजेश्वर खनालले उमेदवारी घोषणा गरेका छन । बिहिबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै खनालले सभापतिमा उमेदवारी घोषणा गरेका हुन । पार्टिको जिल्ला अधिवेशन आगामी मंसीर १० गते क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुँदैछ । अहिले पार्टि सभापतिको मात्रै उमेदवारी घोषणा भएपनि केहिदिनमै पुरा प्यानलसहित उमेदवारी घोषणा हुने खनालले जानकारी दिए । पत्रकार सम्मेलनका क्रममा उमेदवार खनालले चुनाबी घोषणापत्र पनि सार्वजनिक गरेका छन । घोषणापत्रमा ...

चितवन महाधिवेशनपछि एमाले झन् शसक्त बन्छ, एकल बहुमत ल्याउँछ: भट्टराई

चितवन महाधिवेशनपछि एमाले झन् शसक्त बन्छ, एकल बहुमत ल्याउँछ: भट्टराई
चितवन । एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले चितवन महाधिवेशनपछि एमाले झनै सशक्त पार्टी बन्ने दाबी गरेका छन् ।नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार समितिले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले चितवनको दशौं राष्ट्रिय महाधिवेशनपछि एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी एक ढिक्का भएर अगाडि बढ्ने बताएका हुन् । पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘ एमाले अहिले पनि वृहत् बाम एकताको पक्षमा रहेको छ । जनताको बहुदलीय जनवाद न...

एमाले महाधिवेशनमा खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने

एमाले महाधिवेशनमा खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने
चितवन।नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा नेपाल खेलकुद महासंघले २० हजारभन्दा बढी सहभागी गराउने भएको छ । महासंघको आज भरतपुरमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले महाधिवेशनमा धेरैभन्दा धेरै सहभागि गराउने निर्णय गरेको हो । जिल्ला अध्यक्ष प्रकाश रेग्मीकोको अध्यक्षतामा सम्पन्न भेलालामा प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले महासंघको तर्फबाट उद्घाटन समारोहमा २० हजारभन्दा बढी सहभागी गराउन निर्देशन दिनुभयो । उहाँले खेलाडीहरु अनुशासित र मर्यादित हुने हुँ...

नवलपुरबाट ६ र भरतपुरबाट ११ जना बन्दकर्ता पक्राउ

नवलपुरबाट ६ र भरतपुरबाट ११ जना बन्दकर्ता पक्राउ
नवलपुर । पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।चोरमारा बजारमा आज बिहान बन्द गराउंदै हिडेका नेपाल कम्युनिष्ट पार्टी  विप्लव समुह का २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ । पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, विरबहादुर थापा मगर छन् ।त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको प्रहरीले जनाएकाे छ । उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन् । पेट...

चितवनमा पुसमा ‘अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी’हुने

चितवनमा पुसमा ‘अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी’हुने
चितवन । आगामी पुस २, ३ र ४ गते ‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ ।चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा गर्न लागिएको आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० बढी स्टलहरु रहनेछन् । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेलाई आकर्षण गर्नका लागि सो प...

एमाले कालिका नगरपालिकाको अध्यक्षमा केशव लामा,उपाध्यक्षमा दिपक लामिछाने

एमाले कालिका नगरपालिकाको अध्यक्षमा केशव लामा,उपाध्यक्षमा दिपक लामिछाने
चितवन । नेकपा एमाले कालिका नगरपालिकाको अध्यक्षमा केशव लामा सर्वसम्मत निर्वाचित भएका छन । नगर अधिवेशनबाट लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो । यस्तै कमिटीको उपाध्यक्षमा दिपक लामिछाने,सचिवमा सुदर्शन अधिकारी,उपसचिवमा रुदल चौधरी र सरस्वती सापकोटा सर्वसम्मत निर्वाचित भएको एमाले चितवनकी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । यो संगै जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताइन् ।

चितवनका ३ निर्वाचन क्षेत्रबाट २८ एमाले महाधिवेशन प्रतिनिधि चयन

चितवनका ३ निर्वाचन क्षेत्रबाट २८ एमाले महाधिवेशन प्रतिनिधि चयन
चितवन  । नेकपा एमालेको दशौ महाधिवेशन मा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज काँशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्द्रिय सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले चितवनले जनाएको छ । राती अवेरसम्म छलफल गरेर प्रतिनिधि टुंगो लगाइएको नेताहरुले बताएका छन । २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए । ...

वाम बुद्धिजीवी प्रेम रिमालद्धारा माओवादी केन्द्र परित्याग

वाम बुद्धिजीवी प्रेम रिमालद्धारा माओवादी केन्द्र परित्याग
चितवन। नेकपा माओवादी केन्द्रका नेता एवं वाम बुद्धिजीवी प्रेम रिमालले पार्टी परित्याग गरेका छन् । उनले आज बेलुकी सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । वाम बुद्धिजीवी रिमालले माक्र्सवादप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै आफू आवद्ध संस्थाहरु निष्ठावान नभएकाले पार्टी परित्याग गरेको जनाएका छन् । रिमालले  भने, ‘कम्युनिष्ट पार्टी भनेको कम्युनिष्ट पार्टी जस्तै हुनुप¥यो, तर नाम मात्रै कम्युनिष्ट राखेर कम्युनिष्ट हुने कुरा भएन ।’ जिन्दग...