काँग्रेस केन्द्रीय सदस्यका बलिया उमेद्वार राजेन्द्र बजगाई को हुन ?
काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा राजेन्द्र बजगाईले उम्मेद्वारी दिने हुनुभएको छ ।पार्टीको मंसीर २४ देखि २६ गतेसम्म हुन लागेको १४ औँ महाधिवेशनमा बजगाईले खुला तर्फको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो । गोरखा क्षेत्र नं १ बाट लगातार तीन पटक महाधिवेशन प्रतिनिधी एवम् महासमिति सदस्य निर्वाचित हुनुभएका बजगाई काँग्रेसमा चर्चित युवा नेता हुनुहुन्छ ।
विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्नुभएका उहाँले त्यस...


