चितवन । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १३ गंगानगरको सीतमाई क्षेत्रमा बाघको आक्रमणबाट स्थानीय ६६ वर्षका डिल्लीराज सुवेदीको मृत्यु भएको पत्रकार अपिल घिमिरेले उज्यालाे खबरलाई जानकारी दिए ।

सीतामाई मन्दिरमा पुजा गरेर फर्कदै गरेका सुवेदीलाई बेलशहर सामुदायिक बनबाट आएको बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । शुक्राबार विहान फेला परेकाे शवको पहिचान आफन्तले गरेका छन् । शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया