×

चितवन सेरोफेरो

भरतपुरमा खानेपानी वितरणमा समस्या

भरतपुरमा खानेपानी वितरणमा समस्या
चितवन  । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ । “ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताउनुभ...

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोको जोखिम कायमै

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोको जोखिम कायमै
चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिए पनि पहिरोको जोखिम र जीर्ण पुलको समस्या समाधान हुन सकेकाे छैन । काठमाण्डौ, पोखरा लगायतका मुख्य सहरलाई तराईसँग जोड्ने  नारायणगढ– मुग्लिन सडकखण्डको दुःख नहट्दा सर्वसाधरणले बेलाबखत हैरानी खेप्नु परेकाे छ । सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । सडक दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा भने पहिरो जान राेकिएकाे छैन ।पहिरोको जोखिम क्षेत...

चितवनका केराले बजार पाएन

चितवनका केराले बजार पाएन
 चितवन ।  चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ । निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको...

चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८५ पुग्यो

चितवनमा कोरोना संक्रमितको  संख्या ३ सय ८५ पुग्यो
चितवन, भदौ ९ ।  जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना सङ्क्रमित थपिन थालेका छन् । गत साउन २१ गतदेखि आजसम्म जिल्लामा २ सय ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । अहिले सम्म सङ्क्रमितको सङख्या ३ सय ८५ पुगेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार गत साउन ९ गतेसम्म जिल्लामा १ सय १६ जनामा सङ्क्रमण देखिएको थियो । साउन १० गतेदेखि २१ गते सम्म यहाँ सङ्क्रमण देखिएको थिएन । पछिल्लो २० दिनको समयमा कोरोना सङ्क्रमण दर निकै वढेको छ । जिल्ला प्रशासन कार्यालयले दिए...

भरतपुर अस्पतालको प्रसूति सेवा सुचारु, महिलाहरु लाभान्बित

भरतपुर अस्पतालको प्रसूति सेवा सुचारु,  महिलाहरु लाभान्बित
नारायण अधिकारी, चितवन,भदौं ९- भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् । अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो । अस्पताल बन्द गर्नुअघि दैनिक ४० जनाभन्दा वढी प्रसूति गराइँदै आएको थिय...

चितवनमा थप १७ जनामा कोरोना पुष्टि

चितवनमा थप १७ जनामा कोरोना पुष्टि
चितवन ९ भाद्र । चितवनमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।भरतपुरमा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। भरतपुर महानगरपालिकाका ७ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्री पुष्पाञ्जली हस्पिटलमा उपचार गराइरहेका भरतपुर महनानगरपालिका वडा नम्बर ३ का ५१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने बाँकि ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक ...

चितवनमा पिसीआर रिपोर्ट आउन एकसाता लाग्यो प्रयोगशालामा स्वाबको चाप

चितवनमा पिसीआर रिपोर्ट आउन एकसाता लाग्यो प्रयोगशालामा स्वाबको चाप
चितवन,भदौं ८- कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ । नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् । पूर्वी चितवनको खैरहनीका पत्रकार ध्रुवराज खनालले पिसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग वढेको बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ भन्नुभयो । उहाँले चार नगरप्रमु...

चितवनमा कोरोना संक्रमितको संख्या ३६८ पुग्यो, तीनजनाको मृत्यु

चितवनमा कोरोना संक्रमितको संख्या ३६८ पुग्यो,  तीनजनाको मृत्यु
चितवन, भदौं ८ चितवनमा  काेरोना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । सरकारी ल्याबमा निःशुल्क परीक्षण देखि निजी अस्पतालमा समेत शुल्क तिरेर परीक्षण हुन थालेपछि चितवनमा संक्रमितको संख्या  बढ्दै गएको हो । चितवनमा आज (सोमबार) विहानसम्ममा कुल कोरोना संक्रमितको संख्या ३६८ पुगेको छ । आइतबार दिउँसोसम्ममा ३४२ जना संक्रमित रहेको चितवनमा आज विहानसम्ममा २६ जना नयाँ संक्रमित थपिएका छन  । जसमध्ये २५ जना भरतपुर महानगरपालिकामा बसोबास गर्ने छन् भने एक जना खैरहनी नगरपालिकाका हुन् । चितवनम...

चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि चितवनका अस्पताल असुरक्षित बन्दै

चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि  चितवनका अस्पताल असुरक्षित बन्दै
नारायण अधिकारी,  चितवन, भदौ ७- चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स...