रत्ननगर । चितवनको रत्ननगरमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको भानुचोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा रत्ननगर २ निवासी ५५ बर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० बर्षीया निनतारा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको मिनीबस र पश्चिमबाट रत्ननगर तर्फ आउदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार श्रेष्ठ दम्पतीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डिएसपी रानाले जानकारी दिए । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।



उज्यालो खबर




